२१ जुलाईः आर्थिक र राजनैतिक संकटसँग जुझिरहेको श्रीलंकामा एशियाई कप हुनेछैन। श्रीलंका क्रिकेट (एसएलसी)-ले एशियाई क्रिकेट परिषद (एसीसी)-लाई आर्थिक र राजनैतिक संकटले गर्दा देश आउँदो एशिया कप टी२० क्रिकेट टुर्नामेण्ट आयोजन गर्ने स्थितिमा नरहेको बतायो। एशिया कप २७ अगस्तदेखि ११ सेप्टेम्बरसम्म श्रीलंकामा प्रस्तावित थियो। एसीसी-का एकजना अधिकारीले बताएअनुसार, स्थिति खराब भएको हुनाले श्रीलंका क्रिकेट टुर्नामेण्टको आयोजन गर्न असमर्थ छ अनि उनीहरू यस टुर्नामेण्टलाई अन्य कुनै देशमा आयोजन गराउन तयार छन्। श्रीलंका पछि हटेपछि अहिले संयुक्त अरब अमीरात (यूएई) र भारत आयोजनको होड़मा रहेको छ। एसीसीले यूएई-लाई लिएर कुनै फसेला गरेको छैन कारण यसको निम्ति एमिरेट्स क्रिकेट बोर्डका अधिकारीहरूसँग कुराकानी गरेर उनीहरूबाट अन्तिम स्वीकृति लिनु जरूरी छ। एमिरेट्स बोर्डसँग सहमति प्राप्त भएपछि टुर्नामेण्ट त्यहाँ आयोजन गर्ने बारे फसेला लिन सकिनेछ। यसरी नै भारत पनि टुर्नामेण्ट आयोजनको मजबूत दावेदार रहेको छ कारण एसीसीका अध्यक्ष जय शाह भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव हुन्। यस्तो स्थितिमा भारतमा टुर्नामेण्टको आयोजन गर्नमा विशेष असुविधा हुनेछैन।
एशिया कपमा ६ वटा देशले हिस्सा लिनेछ। यसमा श्रीलंका, भारत, पाकिस्तान, बंग्लादेश र अफगानिस्तान सामेल छ। यी पाँचवटा देश बाहेक अन्य एउटा देशको फसेला क्वालीफायरको माध्यमले हुनेछ। क्वालीफायरमा हंगकंग, कुवैत, सिंगापुर र यूएई सामेल छन्। यसपाली एशियाई कप टी२० प्रारूपमा खेलिनेछ। पहिला यो टुर्नामेण्ट वनडे प्रारूपमा हुन्थ्यो। पहिलोपल्ट २०१६-मा टी२० प्रारूपमा यस टुर्नामेण्टको आयोजन गरिएको थियो। त्यस समय टीम इण्डियाले फाइनलमा बंग्लादेशलाई ८ विकेटले पराजित गरेको थियो। भारतले सर्वाधिक ७ पल्ट एशियाई कपको खिताब जितेको छ।










