गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले बिहिवार राज्य प्रभारी डा. दिलीप जैसवालसँग महत्त्वपूर्ण बैठक गरेको छ।।
बैठकको मुख्य उद्देश्य विभिन्न संगठनात्मक मुद्दा र गतिविधिलाई सम्बोधन गर्नुका साथै भावी कार्यदिशाहरूबारे छलफल गर्नु रहेको थियो भन्ने बताइएको छ।
प्रदेश भाजपाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बैठकमा सिक्किममा आगामी चुनाउका लागि रणनीतिक योजनामाथि महत्त्वपूर्ण ध्यान दिइएको थियो। बैठकले पार्टीको भावी रणनीतिलाई ठोस बनाउन छिट्टै कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको छ।
हिजो भएको बैठकमा सिक्किम भाजपा विधायक दलका नेता एनके सुब्बा, सल्लाहकार छितेन टाशी भोटिया र कमल गुरुङ, उपाध्यक्ष दिनेश नेपाल र डुकनाथ नेपाल, महासचिव अर्जुन राई र अन्य उपस्थिती रहेको थियो।










