छठको पर्व प्रकृतिको संरक्षण र सम्मानको प्रतीकः राज्यपाल

n55940387017008344005975871702f1d52b3fb6db748227412d7bb8e44db782fa164d63d782a96875d01b0.jpg

गान्तोक: ठाकुरबाड़ी छठ पूजा कमिटी, गान्तोकको टोलीले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरेको छ। यस भेट अवधि राज्यपालले खुशी व्यक्त गर्दै भने, ‘छठको पर्व प्रकृतिको संरक्षण र सम्मानको प्रतीक हो र भगवान सूर्य सम्पूर्ण ब्रह्माण्डका स्रोत हुन्।’

राज्यपालले अघि भने, ‘हाम्रा चाड-पर्वहरूले हामीभित्र संस्कारको निर्माण गर्छ र हामीलाई सदैव जोड्ने कार्य गर्दछ।’ उनले प्रसन्न्ता व्यक्ति गर्दै भने, ‘सिक्किमको संस्कृतिमा प्रकृति बसेको छ र सिक्किमवासी प्रकृतिका उपासक हुन्। यस कारण सिक्किमको संस्कृति र छठ पूजा दुवै एक अर्काका पर्याय हुन्।’

यसावधि ठाकुरबाड़ी छठ पूजा कमिटीको टोलीले राज्यपालप्रति आभार प्रकट गरेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

Advertisement