सुश्री शान्ति ठटाल पुत्री शोकमा

IMG-20231123-WA0275

सिलगढी: सुपरिचित गायिका एवं संगीतकार सुश्री शान्ति ठटालसितै ठटाल अनि योञ्जन परिवार पुत्री शोकमा परेका छन्। उनीहरूका पुत्री सुप्रिया योञ्जनलाई गत १४ नवम्बरको दिन आफ्नै घर बिचुड दार्जीलिङमा अकस्मात हृदयाघात भएपछि अस्पताल लैजाने क्रममा उनको देहान्त भएको थियो। उचित समयमा उपचार पाउन नसक्दा नै उनको मृत्यु हुन गएको हो भनी परिवारले जनाएका छ्न्। सुप्रिया दार्जीलिङका प्रसिद्ध चित्रकार स्व. के. बी. योञ्जन र श्रीमती लता ठटालकी जेठी छोरी थिइन् भने गायिका-संगीतकार शान्ति ठटाल अनि विगतमा ‘जनदूत’-की सम्पादक रहेकी साहित्यकार स्व. माया ठटालकी बहिनीकी छोरी हुन्। सुप्रिया दार्जीलिङको बिचुडमा रहेर विभिन्न संघ संस्थाहरूसित आबद्ध रही विभिन्न सामाजिक सेवा कार्यहरू गर्दै आइरहेकी थिइन्। शान्ति ठटाललाई विभिन्न कार्यक्रमहरूतिर जानपर्दा उनलाई साथ दिने अनि दोहोर्यानएर लैजाने कार्यमा सुप्रिया अत्यन्त सहयोगी रहेकी कुरो प्रसिद्ध संगीतकार ठटालले बताइन्। आफ्नी प्रिय छोरीको निधनले गायिका ठटाल लगायत ठटाल अनि योञ्जन परिवार गहिरो शोकमा परेका छन्। सुप्रिया योञ्जनको अन्त्येष्टी कार्य आउँदो ५ दिसम्बरको दिन दार्जीलिङको कला मन्दिर भवनमा सम्पन्न हुने जानकारी परिवार स्रोतबाट प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement