महकुमा अधिकारीको नेतृत्वमा जोरथाङमा मासु दोकानको निरीक्षण

IMG-20231123-WA0292.jpg

गान्तोक: नाम्ची जिल्लाका महकुमा अधिकारी (मुख्यालय) गोपाल छेत्रीको नेतृत्वमा जोरथाङस्थित अक्कर पुल नजिकको मासु दोकानहरूको निरीक्षण गरे। विशेष गरेर ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै मासु दोकानेहरूले दोकानमा सर सफाई साथै स्वच्छथाबारे ध्यान दिएको छ की छैन् भन्ने उद्देश्यले निरीक्षण गरिएको जानकारी गराइएको छ। नाम्चीका जिल्लापाल गत ७ नोभेम्बरको दिन सम्पन्न भएको जिल्लास्तरीय परामर्श समितिको सभामा दोकानहरूको निरीक्षण गरिनुपर्ने निर्देश दिएका थिए। सोही निर्देशलाई पालन गर्दै महकुमा अधिकारीले निरीक्षण गरेका हुन्। निरीक्षण टोलीमा जोरथाङका महकुमा अधिकारी, जोरथाङ थानाका एसएचओ, पार्षद लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणका क्रममा टोलीले अक्कर ब्रिजमा रहेका मासु दोकानेहरूलाई खाद्य सुरक्षा ऐन, २००६ अन्तर्गत तोकिएको खाद्य सुरक्षा मापदण्डअनुसार आधारभूत सरसफाइ मापदण्ड कायम गर्न उपयुक्त ठाउँ र सुविधा नभएकाले अक्कर पुलमा रहेका मासु दोकानलाई सुरक्षित स्थानमा सार्नेबारेमा छलफल गरियो।

About Author

Advertisement