जीटीएको लापरवाहीले गर्दा जिल्ला अस्पतालमा बिमारीहरूको निधन भएको हो र घटनाको जिम्मेदारी विभागीय सभासद अरूण सिंहजीले लिनुपर्छ: हाम्रो पार्टी

दार्जीलिङ: दार्जिलिङ जिल्ला अस्पतालमा गर्भवती महिलाको मृत्युको जिम्मेदारी जीटीएको स्वास्थ्य विभागीय सभासद अरूण सिंहजीले लिनुपर्छ र यदि लिनु सक्दैन भने पदभारबाट राजीनामा दिने हाम्रो पार्टीले मांग गरेको छ। गत केही दिन अघि दार्जीलिङ जिल्ला अस्पतालमा महिलाको निधनको घटनाले निकै खैला बैला मच्चिएको थियो। यस सन्दर्भमा हिज बुद्वबार जिल्ला अस्पतालमा एक बैठक सम्पन्न भएको थियो। बैठकमा जीटीएले दुई डाक्टरहरूलाई सस्पेण्डेड गरेको छ। जीटीएद्वारा उठाएको कदमलाई हाम्रो पार्टी तकदाह ग्लेणबर्ण समष्टिको सभासद सन्नी बम्जन, पुकार घतराज, विशाल दर्नाल र भास्कार छेत्रीले स्वागत योग्य रहेको बताएका छन्। हिज बुधबारको बैठकपछि जीटीएको स्वास्थ्य विभागीय सभासद अरूण सिंहजीले पत्रकारहरूसंगको कुराकानीमा जिल्ला अस्पतालमा महिलाको जो निधनको कुरा छ त्यसको जिम्मेदारी जिल्ला अस्पतालले नै लिनेछ भन्ने जस्ता जो बयान दिएका छन् त्यसको हामी घोर शब्दमा निन्दा गर्छौं भनी हाम्रो पार्टीको सभासद सन्नी बम्जन, पुकार घतराज, विशाल दर्नालले बताएका छन्। उनले भने, अरूण सिंग्ची जीटीए क्षेत्रको स्वास्थ्य विभागीय सभासद हो अनि जिल्ला अस्पतालमा जो दु:खद घटना घटेको छ त्यसको जिम्मेदारी उनले नै लिनुपर्छ। यदि विभागीय सभासद अरूण सिंग्चीले यो मेरो जिम्मेदारी होइन डाक्टरहरूको हो भन्छ भने उसले आफ्नो पदबाट राजीनामा दिनुपर्छ भनी बताएका छन्। जिल्ला अस्पतालमा जो महिलाको निधन भएको छ, त्यसको जिम्मेदारी जीटीएको विभागीय सभासद अरूण सिंग्चीले लिएको हुनुपर्छ। जीटीएको प्रशासन प्रणाली सठीक नहुँदा जिल्ला अस्पतालमा यस्तो दु:खद घटना घटेको हो।जीटीएले जिल्ला अस्पताललाई खुल्ला छोड्ने हुँदा यस्तो घटना घटेको हो। घटना घटी सक्दा जिल्ला अस्पतालमा सभासदहरूको घुँइचो लागेको छ। जिल्ला अस्पतालमा सभासदहरूले निरन्तरण रूपमा भ्रमण गर्ने आदि जस्ता कार्यहरू गरेको भए शायद यस्तो घटनाहरू घटने थिएन। बिमारीहरूले सही उपचारहरू पाउने थियो। डाक्टरहरूले आफ्नो कार्य इमान्दारितापूर्वक गर्ने थियो। जीटीए र विभागीय सभासद अरूण सिंग्चीको लापरवाहीको कारणले गर्दा जिल्ला अस्पतालमा यस्तो दु:खद घटना घटेको हो।हाम्रो पार्टीको नेतृत्वहरूले अझ भने, जीटीएको स्वास्थ्य विभागीय सचिवले विभागीय अधिकारीभन्दा धेरै राजनैतिक पार्टीको कार्यकर्ता जस्तो भएर काम गरेको गम्भीर आरोप लगाए। घटनाको निष्पक्ष जाँच हुनुपर्छ। जाँच कमिटीमा प्रशासनिक अधिकारीहरूसंगसंगै पहाडको विपक्षी पार्टीको नेतृत्वहरूलाई पनि समावेश गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मांग रहेको छ। सभासद सन्नी बम्जनले भने, तकदाह ग्लेनबर्ण समष्टिको एकजना आमाले नानी गुमाएका थिए। त्यसरी नै त्यही दिन एक महिलाको पनि निधन भएको थियो अनि ती दुवैको निधन डाक्टरहरूको लापरवाहीले गर्दा भएको थियो भन्ने हामीलाई लाग्छ। यस विषयमाथि हामीले सीएमओएचलाई २४ घण्टाभित्रमा कार्यवाही नभएको खण्डमा हामीले सडकमा ओर्लिने चेताउनी समेत दिएका थियौं सभासद बम्जनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement