कोलकाताः पश्चिम बंगाल राज्य विधानसभाको शीतकालीन सत्र २४ नोभेम्बरदेखि शुरू हुन गइरहेछ। यसमा सत्तारूढ़ तृणमूल कांग्रेसका सबै विधायकहरू उपस्थित रहनपर्नेछ। पार्टीले बुधवार बिजनेस एडवाइजरी (बीए) कमिटीको बैठकपछि यसको घोषणा गरेको छ।
तृणमूल कांग्रेसले स्पष्ट गरेको छ, पार्टीका मुख्य सचेतक एवं संसदीय कार्यमन्त्री शोभन देव चटर्जीको कमरामा हाजिरीको रजिस्टर राखिनेछ। यसमा तृणमूल विधायकहरूले आफू आएको र गएको समय उल्लेख गरी हाजिरी लगाउनपर्नेछ। जुनैपनि विधायकले पार्टीको निर्देशहरूको पालन गर्नेछैन त्यस विरूद्ध अनुशासनात्कम कारबाही गर्नदेखि पार्टी पछि हट्नेछैन।
-हिस










