कोलकातामा अमित शाहको जनसभालाई हाईकोर्टको अनुमति विरूद्ध खण्डपीठ पुग्यो राज्य सरकार

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः कोलकाताको धर्मतल्लामा जहाँ सत्तारूढ़ पार्टी तृणमूल काग्रेसको शहीद दिवस कार्यक्रम हुन्छ, त्यही आगामी २९ नोभेम्बर भारतीय जनता पार्टी (भाजपा) को मेगा ऱ्याली हुनेछ। यसमा मुख्य अतिथिको रूपमा केन्द्रिय गृहमन्त्री एवं भाजपाका दिग्गज नेता अमित शाह सामेल हुनेछन्। नियमानुसार भाजपाले कार्यक्रमभन्दा १५ दिनअघि आवेदन गरेका थियो।

०६ नोभेम्बरमा भाजपाको तर्फबाट कोलकाता पुलिस कहाँ आवेदन गरिएको थियो तर पुलिसले कम्प्यूटर जेनरेटेड स्लिप देखाएर अनुमति दिएन। स्लिपमा समय बितेपछि आवेदन गरिएको दाबी गरिएको थियो जबकि भाजपासित पुलिसबाट दिइएको आवेदनको रिसीविङ ०६ नोभेम्बरमा छ। यसको आधारमा कलकत्ता हाईकोर्टका न्यायाधीश राजशेखर मन्थाले सोमवार नै अमित शाहको जनसभालाई अनुमति दिएको थियो।

उनले पुलिसको भूमिकामाथि पनि प्रश्न चिह्न खड़ा गरेका थिए औं भनेका थिए, स्वतन्त्र देशमा कोही कतैपनि जानसक्छ र यस्तो कुनैपनि ठाउँ जुन सुरक्षाको दृष्टिले संवेदनशील छैन, त्यहाँ जनसभा गर्नसक्छ। तरैपनि कोलकाता पुलिसले तकनीकको दुरूपयोग गरेको छ। अब हाईकोर्टको यस फसेला विरूद्ध राज्य सरकारले खण्डपीठमा याचिका लगाएको छ। मुख्य न्यायाधीश टीएस शिवगणनमको खण्डपीठमा राज्य सरकारको तर्फबाट याचिका लगाएर हाईकोर्टको एकल पीठको आदेशलाई रद्द गर्ने माग गरिएको छ। यसमा छिट्टै नै सुनवाई हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement