कोलकाता मेट्रोमा फेरि आत्महत्या गरियो

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः महानगर कोलकाताको लाइफ लाइन भनिने कोलकाता मेट्रोमा आत्महत्याको अझ् एउटा मामिला अघि आएको छ। बुधवार बिहान रविन्द्र सरोवर र महानायक उत्तम कुमार मेट्रो स्टेशनबीच एक यात्रीले ट्रेन सामू हाम फालेर आत्महत्या गरेको छ। मेट्रो रेलवेका एक अधिकारी अनुसार, बुधवार बिहान ९.४५ बजी मेट्रोको एक मोटरम्यानले रविन्द्र सरोवर महानायक उत्तम कुमार मेट्रो स्टेशनबीच शव देखेको बतायो र प्रबन्धनलाई यसको सूचना दिइयो। त्यसलाई निकालेर अस्पताल लगियो, जहाँ चिकित्सकहरूले जाँचपछि मृत घोषित गरे।

दुर्घटनाको कारण बिहान लगभग १०.१५ बजी पावर ब्लक गरी डेड बडी निकालियो। यसले गर्दा केही बेरको निम्ति मेट्रो सेवा बाधित रहेको छ। यद्यपि, बिहान ११ बजीसम्म परिसेवा फेरि सामान्य भयो। मृतकको पहिचान अहिले हुन सकेको छैन। उसले कसरी आत्महत्या गऱ्यो, यसको जाँच जारी छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement