मन्त्री ज्योतिप्रिय मल्लिकको स्वास्थ्य स्थिर

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः करोड़ौं रूपियाँको राशन वितरण मामिलामा पक्रा परेका पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मल्लिकको स्वास्थ्य स्थिर बनेको छ। मल्लिक अस्वस्थ भएपछि मंगलवार साँझ उनलाई अस्पतालमा भर्ती गराइएको थियो।

मल्लिक मंगलवार साझँदेखि अस्वस्थ महसूस गरिरहेका थिए र सुधार गृहका अधिकारीले उनलाई अबेर राति कोलकातामा राज्य संचालित एसएसकेएम मेडिकल कलेज एवं अस्पतालको कार्डियोलोजी विभागको आपातकालीन प्रभागमा लगे। गहन जाँचपछि डाक्टरहरूले उनलाई भर्ती गर्ने फसेला गरे। उनलाई कार्डियोलोजी विभागको एउटा क्याबिनमा राखिएको छ।

यद्यपि, सूत्रहरू अनुसार, उनी कार्डियोलोजिस्टको साटो न्यूरोमेडिसिन विशेषज्ञको निगरानीमा छन्। पश्चिम बंगालमा नौकरीको साटो करोड़ौं रूपियाँको मामिलाका मुख्य आरोपितहरूमध्ये एक सुजय कृष्ण भद्रलाई अहिले त्यही अस्पतालमा एक अन्य क्याबिनमा राखिएको छ। मल्लिकले पहिले पनि आफू अस्वस्थ रहेको शिकायत गरेका थिए र अस्पतालमा भर्ती हुन चाहन्थे।

About Author

Advertisement