आरोपी पक्राउ नपरेकोले कालचिनी बजार बन्द

92112b69-5bfb-46ff-985e-197ff223c692

कालचिनीः चिया पसलेमाथि प्राणघातक हमला गर्ने आरोपीलाई आजसम्म पुलिसले पक्राउ गर्न नसकेकोमा वाहन चलाचलमा अवरोध नगरेता पनि कालचिनी व्यावसायी समितिले बुधबार पनि कालचिनी बजार लगायत जम्मै व्यावसायिक संस्थानहरूमा बन्द पालन गऱ्यो। छठ पूजाको साँझमा व्यस्त रहेको विकास साहको परिवारमा नै यसरी ठूलो दशा आईपर्छ भन्ने साह परिवारले नसोँचेको तर अचानक पसलमा चिया पिउन आएको सञ्जय उराँवले विकास साहलाई र तिनको पितालाई धारिलो हतियारले प्रहार गरेको घटनामा भाग्यवश विकास साह हाल निजी नर्सिङ होममा उपचाराधीन रहेका छन् भने तिनको पितालाई उपचारपछि बुधबार घर पठाएको बताईएको छ।


उल्लेखनीय छ, गत १९ नोभेम्बरको अबेर साँझ कालचिनी राङ्गामाटी रोड मायालु चौकस्थित विकास साहको पसलमा चिया पिउन आएको कालचिनी गोदाम लाईन निवासी सञ्जय उराँवले भनाभैरी चल्दा धारिलो अस्त्रले विकास साहलाई गर्दनमा प्रहार गर्दा विकास साहलाई आशङ्काजनक अवस्थामा अस्पताल पुऱ्याएको थियो भने हतियार चलाउने सञ्जय उराँव भाग्न सफल भएको छ। पुलिस प्रशासनले घटना भएको ४८ घन्टा बितिसक्दा पनि आरोपी युवकलाई पक्राउ गर्न नसकेकोले मंगलबार कालचिनी व्यावसायी समितिले कालचिनी बजार बन्द गर्दै सड़क अवरोध गरेको थियो। तर पुलिस प्रशासनले आरोपी युवकलाई पक्राउ गर्न हरसम्भव प्रयास चलिरहेको आश्वासन दिए पश्चात मंगलबार पसलहरू बन्द राखेता पनि वाहन चलाचल खुल्ला गरिदिएका थिए।
बुधबार पनि सड़क अवरोध गर्ने कार्यक्रम रहेको थियो तर व्यवसायी समितिले सड़क अवरोध नगर्दै कालचिनीका जम्मै पसल र बजारहरूमा भने बन्द पालन गर्दै घटनाको विरोध जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement