नारी शक्ति मार्गरेट्स होप खण्ड समितिको सभा अनि कमिटी गठन

IMG-20231122-WA0257.jpg

सोनादा: टुंग सन्त मेरिज समष्टीको मार्गरेट्स होपमा भागोप्रमो नारी शक्तिको सांगठनिक सभा साथै नयाँ कमिटी गठन गरिएको छ। उक्त नारी शक्तिको कमिटी गठन गर्नलाई टुंग सन्त मेरिज समष्टीको सभासद नुरी शेर्पाको पहल र अगुवाईमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा सभासद नुरी शेर्पासितै समष्टीको सल्लाहकार दिलिप गजमेर, खण्ड सभापति देबेन्द्र सुब्बा, पञ्चायत समिति सदस्य थोग्याल तामाङ, पञ्चायत संयोजक लक्ष्मी सुब्बा आदिको उपस्थिति रहेको थियो। सभामा भागोप्रमोको पदाधिकारीहरू, युवा शक्ति, नारी शक्तिको पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा भागोप्रमो र नारी शक्तिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै चियाबारी क्षेत्रमा पर्जा पट्टा विषयमा भागोप्रमो अध्यक्ष अनित थापाले गरेको पहलको कार्यको सराहना गर्दै धन्यवाद दिइएको छ। यसै सभामा टुंग सन्त मेरिजको मार्गरेट्स होप खण्ड समितिको नारी शक्तिको कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति अञ्जना राई, उप सभापति जजिमा सुब्बा, सचिव प्रभा तामाङ, सह सचिव सुष्मा तामाङ अादि चयन भएका छन्।

About Author

Advertisement