म नेपालमै बस्न चाहन्छु: प्रशिक्षक अल्बर्टो एनेस

Screenshot_20231122_135001_Dailyhunt.jpg

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताएका छन्। फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले यस्तो बताएका हुन्।
अखिल नेपाल फुटबल संघ एन्फाले गत फागुनमा इटालियन प्रशिक्षक एनेसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनको कार्यकाल आउने फागुनमै सकिनेछ। तर अब नेपालले यो बीचमा कुनै ठुलो खेल खेल्ने छैन।विश्वकप छनोटमा अब नेपालको खेल चैतमा मात्र हुनेछ। चैतमा नेपालले बहराइनसँग होम र अवे दुवै खेल खेल्नेछ। म यहाँ बस्न चाहन्छु। किनकि मलाई नेपाली जनता मन पर्छ। उनीहरु दयालु छन् ,’ एनेसले नेपाली टिमको प्रशिक्षकमा निरन्तरता बारे सोधिएको प्रश्नमा भने। एनेसको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चार खेल खेलिसकेको छ। लाओसविरुद्धको प्रारम्भिक छनोटमा एक जित र एक बराबरी नतिजा निकालेको नेपाल पछिल्लो दुई खेलमा पराजित भयो। यमनसँग हारअघि नेपाल युएईसँग ४-० ले पराजित भएको थियो। यस्तै साफ च्याम्पियनसिपमा नेपाल एनेसको प्रशिक्षणमा समूह चरणबाटै बाहिरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement