यशोदा ग्रुप अफ हस्पिटल हैदराबादले सिक्किम बाढी राहत प्रयासमा सहयोगी हात बढायो

Yashoda-Hospital-Hyderabad.jpg.webp

गान्तोक: स्वास्थ्य सेवामा उत्कृष्टताको लागि आफ्नो प्रतिबद्धताका लागि प्रख्यात यशोदा ग्रुप अफ हस्पिटल्स, हैदराबादले सिक्किमको बाढी प्रभावित क्षेत्रहरूको समर्थनमा अगाडि बढेको छ। दक्षिण भारतको एक प्रमुख स्वास्थ्य सेवा प्रदायकको रूपमा चिनिने अस्पतालले मुख्यमन्त्री बाढी राहत कोषमा १० लाख रुपैयाँको महत्वपूर्ण योगदान गरेको छ।
यशोदा अस्पतालले जहिले पनि आपतकालिन अवस्थामा छिटो प्रतिक्रिया दिएको छ र वर्तमानमा पनि यस दिशामा अस्पतालले कार्य गरेको छ। शोकको यस अवस्थामा, हार्दिक सहयोगको भाव प्रकट गर्दै यशोदा हस्पिटल हैदरावादका युनिट हेड श्री कार्तिहाइवेलन जी र कर्पोरेट रिलेसन र कम्युनिटी आउटरिचका महाप्रबन्धक श्री सी सोमा शेखरले एउटा कार्यक्रमबीच व्यक्तिगत रूपमा माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसित भेट गरेर १० लाख रुँपियाको चेक हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रम नोभेम्बर २२, २०२३मा सिक्किमको गान्तोकस्थित मिन्तोकगाङमा भएको थियो।
बाढी प्रभावितहरूसित आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै, यशोदा हस्पिटल हैदरावादका एकाइ प्रमुख श्री कार्तिहाइवेलन जी.ले टिप्पणी गरे, “हामी आशा गर्छौं कि यो योगदानले जारी राहत र पुर्नवास प्रयासहरूमा मद्दत गर्नेछ। सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रतिको प्रतिबद्धता यशोदा समूहको मूल्यमान्यताको आधारशिला हो र यो पहल स्वास्थ्य सेवाको दायराभन्दा बाहिर गएर सकारात्मक प्रभाव पार्ने हाम्रो समर्पणको प्रस्तुति हो।

About Author

Advertisement