गान्तोक: “समुदाय, पाठ्यचर्चा र मौखिकताको परस्पर क्रियाः इतिहास, संस्कृति र समाजमा तुलनात्मक परिप्रेक्ष्य”- माथि दतख द्विवार्षिक अन्तरराष्ट्रिय सम्मेलन २० र २२ नोभेम्बर, २०२३ बीच सिक्किम विश्वविद्यालयमा आयोजना भइरहेको छ।
अङ्ग्रेजी विभागद्वारा आयोजित सम्मेलनको उद्घाटन समारोह २० नोभेम्बर, २०२३ मा आयोजित भएको थियो। यो समारोहमा सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको उपस्थिति रहेको थियो। उक्त जानकारी पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।
एक राष्ट्रको रूपमा भारत उत्तरपूर्वी क्षेत्रहरूका जटिल सांस्कृतिक सम्पदाहरूले धेरै समृद्ध भएको छ। उत्तरपूर्वी भारतका बहुभाषी राज्यहरू शान्तिपूर्ण सहअस्तित्वका अनुकरणीय मोडल हुन्। लघुकथा, उपन्यास, नाटक र आधुनिक गीत जस्ता साहित्यका आधुनिक विधामा उनीहरूका उपलब्धिहरू महत्त्वपूर्ण र उत्कृष्ट छन्।
जलवायु परिवर्तन र पारिस्थितिक संकटको यो समयमा उत्तरपूर्वी लेखकहरूले पृथ्वीमा आधारित मानवतावादको सार पुनः प्राप्ति गर्ने तरिकामा धेरै प्रस्तावहरू छन्। अन्तरराष्ट्रिय सम्मेलनको उद्देश्य भारतको बहुलवादी राष्ट्रको सांस्कृतिक र भौगोलिक रूपमा विविध हिस्साहरूसँगको भिन्नता, निरन्तरता र एकताको सम्बन्धलाई ध्यानमा राख्दै पूर्वोत्तरका अतीत र प्रचलित साहित्यिक तथा सांस्कृतिक परम्पराहरूद्वारा प्रदान गरिने सम्भावनाहरूको खोजी गर्नु हो।
तीन दिवसीय सम्मेलनको आयोजन सिक्किम विश्वविद्यालयको अङ्ग्रेजी विभागले भारतीय तुलनात्मक साहित्य सङ्घ (सीएलएआई) को सहयोग र राष्ट्रिय अनुवाद मिशन, सीआईआईएल, मैसूर र इन्स्टिट्युट अफ् ल्याङ्ग्वेज स्टडिज एण्ड रिसर्च, कोलकाता र साहित्य अकादमीको सहयोगमा गरिरहेको छ।