धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर बैठक सम्पन्न

IMG-20231121-WA0265.jpg

गान्तोक: धर्मगुरू दलाई लामाको आगामी सिक्किम भ्रमणलाई लिएर राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा आज एक तयारी बैठक यहाँको टाशीलिङ सचिवालयमा सम्पन्न भयो। तयारी बैठकमा धर्मगुरु १४औं दलाई लामाको सुरक्षा प्रबन्धन, बस्ने व्यवस्था आदिबारे विस्तृत रूपमा चर्चा भयो।

मुख्य सचिवले सुचारु समन्वय, सावधानीपूर्वक योजना र कडा सुरक्षा उपायहरूको आवश्यकतामा जोड दिँदै सबै सहभागीहरूको सुरक्षा र सन्तुष्टि सुनिश्चित गर्न सम्बन्धित विभागहरू बीचको सहकार्यमा पहल गर्न आग्रह गरे। कार्यक्रममा भीड़ नियन्त्रणका उपायहरू, ब्यारिकेडिङ अनि यातायात प्रबन्धनसँगै सुरक्षा तन्त्रहरूको गहन समीक्षा गरियो।

बैठकमा कुनै पनि सम्भावित चिकित्सा आवश्यकतालाई तत्कालै पूरा गर्न एम्बुलेन्स अनि चिकित्सा टोलीसँगै उन्नत व्यवस्था गर्नुपर्ने विषयबारे जोर दिइयो। विभिन्न विभाग अनि अधिकारीहरूलाई सुरक्षा, बस्ने, सञ्चार, समन्वय र सांस्कृतिक पक्षसँग सम्बन्धित कार्यहरूको विस्तृत सूची सुम्पिएको थियो।

बैठकमा सम्बन्धित विभागका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो। आजको बैठकअघि राज्यका पूर्व पुलिस महानिदेशक एसडी नेगीको निधनमा दुई मिनटको मौन धारण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *