नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको फाइनल २६ नोभेम्बरमा हुने

IMG-20231121-WA0227.jpg

खरसाङ: नमस्ते खरसाङको आयोजनामा भईरहेको पहिलो गायन प्रतियोगिता नमस्ते आईडल सिजन एकको ग्राण्ड फिनाले आगामी २६ नोभेम्बरको दिन हुने भएको छ। नमस्ते खरसाङको आयोजनामा गत महिनादेखि शुरु भएको नमस्ते आईडलमा फाईनलमा जम्मा पाँचजना प्रतियोगीहरू पुगेका छन्। अडिशन राउण्डमा १९ जनाले भाग लिएर क्वाटर, सेमी राउण्ड हुँदै फाइनलमा पाँचजना प्रतियोगीहरूमा खरसाङकी सबिता गजमेर, सोनादाको अमन गुरुङ, खरसाङको सुभम प्रधान, दिलरामको शहीद राई र खरसाङको रुपेस मंग्राती रहेका छन्। यी पाँचजना फाइनलिस्टहरूले ग्राण्ड फिनालेमा प्रस्तुति दिनेछन्। यस नमस्ते आईडल प्रतियोगितामा निर्णायकको रूपमा संगीतकार उपेन्द्र प्रधान र सहदेव चामलिङ, लोक गायिका सुचिता खाती अनि ग्राण्ड मास्टरको रूपमा वरिष्ठ संगीतकार एंव संगीत संयोजक महेश्वर तामाङ रहेका छन्। उक्त ग्राण्ड फिनाले विषयमा नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले बताए अनुसार उक्त ग्राण्ड फिनालेमा पहाड़भरिका संगीतकारहरू अनि ११ वटा सांगीतिक टोलीहरू, म्युजिरल ब्याण्डबरू साथै संगीतकारहरू र गीतकारहरूलाई सम्मान जनाइने भएको छ। यसको साथै उक्त ग्राण्ड फिनालेमा भानु पालाको पाला ललित गोले, महेन्द्र बागदास अादिको पनि प्रस्तुति रहने भएको छ। उनले बताए अनुसार फाइनलमा छजना प्रतियोगीहरूलाई अनलाइन भोटिङ गर्न सकिने र उक्त फाइनलको दिन पनि लाइभ भोटिङ गर्न सकिने छ। त्यसरी नै नमस्ते आईडलको विजेतालाई अाकर्षक ट्रफिसहित नगदराशि २५ हजार नमस्ते खरसाङको पक्षबाट प्रदान गरिनेछ। त्यसको साथै उप विजेतालाई ट्रफीसहित ११ हजार नगदराशि प्रदान गरिने जुन स्व मंगलसिंह लामाको परिवारले प्रायोजन गरेका छन् भने तेस्रो हुनेलाई ट्रफीसहित नगदराशि ५ हजार प्रदान गरिनेछ जुन मेलोडी म्युजिक स्टुडियो खरसाङकी मिङमा तामाङ, संगीतकार महेश्वर तामाङकी पत्नी) द्वारा प्रायोजन गरिएको छ। २६ नोभेम्बरको दिन खरसाङको क्याम्ब्रिज स्कूलमा हुने उक्त नमस्ते आईडलको फाईनलमा सबैलाई उपस्थित भईदिने आह्वान् निर्देशक निर्मल गुरुङले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement