मालदाः कालियाचक थाना पुलिसले हिजो राति आग्नेयास्त्रको साथ दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको पहिचान कालियाचक थानाको राजनगर मोडल क्षेत्र निवासी जुबैर आलम र फारूक आजमको रूपमा गरिएको छ। आरोपितहरूदेखि चार पाइप गन र चार राउण्ड जिउँदो कारतूस जफत भएको छ।
प्राप्त जानकारी अनुसार, प्राप्त सूचनाको आधारमा कालियाचक थाना पुलिसले बाइपास क्षेत्रमा अभियान चलाएर दुई संगिद्ध व्यक्तिहरूलाई समायो। जब दुवैको जाँच गरियो तब उनीहरूदेखि चार पाइप गन र चार राउण्ड जिउँदो कारतूस जफत भयो। दुवैलाई पक्राउ गरियो।
पुलिसको प्रारम्भिक अनुमान अनुसार, पक्रा परेका आरोपित बांग्लादेशमा आग्नेयास्त्रहरूको तस्करीको योजना बनाइरहेका थिए। तर त्यस अगावै उनीहरूलाई पक्राउ गरिएको छ। घटनामा अझ् को सामेल छ, कालियाचक थाना पुलिसले यसको जाँच शुरू गरेको छ।