कोलकाताः महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा सर्दीको शुरूआत हुनका साथै कुइरोको कहर पनि शुरू भएको छ। मौसम विभागको तर्फबाट मंगलवार जारी बयान अनुसार, कोलकातामा सूर्योदयअघि र सूर्यास्तपछि हल्का कुइँरो लागिरहेछ, जसले गर्दा दृश्यता कम भइरहेछ। यस्तो स्थितिमा वाहन चालकहरूलाई सुस्त गतिमा वाहन हाक्ने सुझाउ दिइएको छ। तापक्रममा पनि लगातार ह्रास भइऱहेछ। अधिकतम तापक्रम सामान्यभन्दा एक डिग्री मुनि २९ डिग्री पुगेको छ जबकि न्यूनतम तापक्रम २२.०२ डिग्री सेल्सियस छ।
रातको समय कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुरा समेत राज्यका अन्य हिस्साहरूमा हल्का सर्दी भइरहेछ। यस हप्ताको अन्तसम्म तापक्रममा अझ् अधिक ह्रास दर्ता गरिनेछ। यसपछि चिसो अझ् बढ्नेछ। उत्तर बंगालको अलिपुरद्वार, कोचबिहार, जलपाइगढ़ी, दार्जीलङ र कालेबुङमा पनि हल्का सर्दी शुरू भएको छ।
-हिस