सिक्किम पुलिसका पूर्व डीजीपी एसडी नेगीको निधन

negi_1619710644.jpeg

गान्तोक: सिक्किम पुलिसका पूर्व पुलिस महानिर्देशक एसडी नेगीको हृदयाघातको कारण गत राति आफ्नै पैतृक स्थल हिमाचल प्रदेशको किन्नौरमा निधन भएको छ। तिनी १९८७ ब्याचका सिक्किम क्याडर आईपीएस अधिकारी थिए अनि सिक्किम राज्यका पुलिस महानिर्देशकको पदसम्म पुगेर सेवा दिएका थिए। यसपछि तिनी २०२१-मा सेवा‌निवृत्त भएका‌ थिए। तिनलाई सिक्किम राज्यभरिमैं एकजना कुशल पुलिस अधिकारीको रूप चिनिन्छ भने पुलिस विभाग वाहेक नेगीले राजभवनका अतिरिक्त मुख्य सचिव अनि श्रम विभागको सचिवको रूपमा पनि सेवा पुऱ्याएका थिए। आईपीएस अधिकारी बन्न अघि तिनी एकजना पत्रकार थिए। तिनी राष्ट्रिय दैनिक अङ्ग्रेजी पत्रिका टाइम्स अफ् इण्डियामा पत्रकारिता पेशामा संलग्न थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement