आफ्नो मोटर साइकल बिक्री गरेर बिधायक निरज जिम्बाद्वारा विल चेयर साथै आर्थिक सहयोग प्रदान

IMG-20231121-WA0128.jpg

दार्जीलिङ: बिधायक निरज जिम्बाले दार्जीलिङ, कहचहरी रोड निवासी अकित प्रधानलाई विशेष गरी सक्षम खेलाडी द्वारा प्रयोग गरिने विल चेयर अनि आजीवन प्रत्येक महिना पाँच हजार रुपियाँ सहयोग पुर्‍याउने वचन समेत दिएका छन्। बिगत केही बर्ष अगि अंकित प्रधान दुर्घटनामा परि ढाडको हड्डी भाचिएका कारण उनी शारीरिक अशक्तता भएका छन्। बाल्यकाल देखिनै अंकित प्रधान विभिन्न खेलमा रुचि रहेको कारण जिल्ला , राज्य अनि राष्ट्रिय स्तरीय खेलहरुमा भाग लिदै विभिन्न पदकहरु पनि जितेका थिए।आफू दुर्घटनामा परि शारीरिक अशक्तता भए पछि पनि उनले हिम्मत हारेन। परिवार पक्ष बाट उनको उपचारको निम्ति धेरै धन राशि खर्च भएको अंकित प्रधानले जनाए । शारीरिक अशक्तता भए पनि उनले जिल्ला, राज्य अनि राष्ट्रिय स्तरमा भाग लिदै विशेष गरी सक्षम खेल प्रतियोगितामा विभिन्न पदकहरु जितेको उनले जनाएका छन्।

आफ्नो आर्थिक अवस्थामा कमि भएको कारण विशेष सक्षम खेल प्रतियोगितामा प्रयोग गरिने विल चेयरको उनलाई धेरै खाँचो रहेको कारण उनले धेरैलाई सहयोगको अपिल पनि गरेका थिए। तर कतै बाट पनि सहयोग नपाएको अंकित प्रधानले गुनासो पोख्दै भने, केही महिना अगाडि बिधायक निरज जिम्बालाई सम्पर्क गरे पछि बिधायक जिम्बा द्वारा उनलाई सहयोग पुर्‍याउने वचन दिएका थिए। अंकित प्रधान अनि उनको परिवारलाई हाल सिलिगुडी गुरुङ बस्तीमा बसोबास गरिरहेका छन्। उनलाई भेटघाट गर्नेको निम्ति बिधायक निरज जिम्बा केही महिना अगाडी सिलिगुडी गुरुङ बस्ती पुगेर अकित प्रधानलाई चाहिने विल चेयर अनि आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका थिए। आफ्नो वचनलाई पूरा गर्दै विल चेयरको मूल्य एक लाख पचास हजार रहेको कारण बिधायकको वेतन बाट विल चेयर किन्न असमर्थ रहेको कारण केही दिन अगाडी बिधायक निरज जिम्बाले आफ्नो मोटर साइकल बिक्री गरि आर्थिक राशि संकलन गरेका थिए। अंकित प्रधान प्रधान गोर्खा समुदायको निम्ति एउटा प्रेरणाको स्रोत हुन्। उनको मनोबल अनि खेललाई अगि बडाउनु तपाईं हामी सबैको कर्तव्य हो। उनलाई चाहिने विल चेयर बिदेश बाट मगाउनु पर्ने भएकोले गर्दा एक महिनाको समय लागेको बिधायक जिम्बाले थप जानकारी दिएका छन्। आज सिलिगुडीमा अंकित प्रधानको वासस्थान पुगेर बिधायक निरज जिम्बाले विल चेयर हस्तान्तरण गरे साथै उनलाई आर्थिक सहयोग पनि प्रदान गर्दै प्रतियोगिताको शुभकामना समेत दिएका छन्। अंकित प्रधान अनि परिवारको पक्षबाट बिधायक जिम्बा प्रति धन्यावाद दिदै आभार व्यक्त गरेका छन्।

About Author

Advertisement