समष्टी सभासद अनोश थापाको उपस्थितिमा सोनादामा लिभिङ बुद्धिज्म एण्ड सस्टेनेबल डेस्टिनेशन कार्यक्रम सम्पन्न

IMG-20220720-WA0133.jpg

सोनादा: सोनादाको आकर्षण र सौर्न्दर्यको नमुना मानिने शेर्पा गुम्बामा आयोजित कार्यक्रमबाट प्रभावित बनेका सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाले उक्त कार्यक्रमलाई धर्म, संस्कृति र व्यवसायको समागम भनी बताएका छन्। स्थानीय शेर्पा गुम्बामा आध्यात्म, पर्यावरण र पर्यटनको समन्वय गर्ने उद्देश्यले लिभिङ बुद्धिज्म एण्ड सस्टेनेबल डेस्टिनेशन नामक कार्यक्रम आयोजन गरेको थियो। यस कार्यक्रममा समष्टिबाट निर्वाचित सभासद अनोश थापा मुख्य अतिथिका रुपमा उपस्थित थिए भने सुकेपोखरी खण्डका खण्ड विकास अधिकारी विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
उक्त कार्यक्रमबाट प्रभावित बनेका सभासद अनोश थापाले पहाडमा यसप्रकारको कार्यक्रमको आवश्यकता रहेको तथा यसलाई कार्यक्रममै सिमित नराखेर व्यवहारिकतामा परिणत गर्न पनि आफू कटिबद्ध रहेको बताए। यसका अतिरिक्त उक्त कार्यक्रमले सोनादा अनि खरसाङको पर्यटनलाई थप टेवा पुराएको पनि उनले मन्तव्य पोखे। लगत्तै गुम्बा प्रबन्धन समितिको निमन्त्रणामा शेर्पा गुम्बा पुगेका थिए सभासद अनोश थापा। गुम्बा समितिसित उनले सौहर्दपूर्ण भेटघाट र गुम्बा परिभ्रमण गरे।
चुनाउमा प्रतिस्पर्धात्मक जीत भए उप्रान्त पनि हाल उनको समष्टि भ्रमणको क्रम रोकिएको छैन। दुई दिनअघि सोनादा-पचेङ समष्टि अन्तर्गत कोठीधुरा ९ नम्बरका बाल बालिका समूहद्वारा आयोजित कार्यक्रम साथै भुट्टा खेतीमा आयोजित पार्टीको कार्यक्रममा पनि सभासद अनोश थापा सहभागी भएका थिए। कोठीधुरामा आयोजित बालबालिका समूहको कार्यक्रमबाट प्रभावित सभासद थापाले बालबालिका काँचो माटो जस्तै हो जसलाई परिवार र समाजले जस्तो आकार दिन्छ भविष्यमा त्यस्तै आकार लिन्छ भनी मन्तव्य गरे भने जीतपछि आयोजित भुट्टा खेतीको सभापछि जीवन संघर्षहरुबीच कहिलेकहीँ खुशी व्यक्त गर्ने समय पनि निकाल्नु पर्ने तथा लामो युद्धपछि जीत स्वाद लिए जस्तै आभास भएको उनले मन्तव्य पोखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement