खरसाङ: भारतभरि नै परिवारकाे सुख समृद्धिकाे निम्ति श्रद्धापूर्वक गरिने महान् पर्व जसमा उदाउने घामलाई मात्रै होईन तर अस्ताउने घामलाई पनि हृदयले पुजिने छट पूजा दार्जीलिङ पहाड़मा पनि धुमधामले मुख्य रूपमा सम्पूर्ण बिहारी हरिजन समुदायले गर्ने गर्छन्। छठ पूजा कार्तिक महिनाकाे शुक्ल पक्ष पष्टीमा मनाइने गरिन्छ। काली पूजादेखि शुरू हुने निर्जला व्रत मुख्य रूपमा नारीहरुले गर्ने गर्छन भने खरसाङकाे वार्ड नम्बर एक अनि वार्ड नम्बर 6 मा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सम्पूर्ण गाउँवासीद्वारा धुमधामले श्रद्धाकाे साथ मनाइयो। पूजा गर्ने स्थान जसलाई घाट भनिन्छ भव्यरूपमा सजाउनको निम्ति यहाँका सम्पूर्ण बिहारी नेपाली समुदाय एकसाथ नङ-मासु झैँ कार्य गर्ने गर्छन्। यस महान् पर्वलाई अझै भव्य बनाउनकाे निम्ति यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाकाे कुशल नेतृत्वमा लगातार कार्य गरी रहेका खरसाङ टाउन कमिटी कार्यवहाक सचिव बीरबल पाख्रीन, सह सचिव संजय मुखिया, प्रचार प्रसार सचिव संजय राउत , सलाहकार भोला राउत कार्यकारिणी सदस्य विकास तामाङकाे पहलमा तथा केन्द्रिय समिति सदस्य अनि खरसाङ टाउन कमिटीका संयोजन समिर दीप ब्लोन 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा अनि विद्युत् विभागका कार्यकारी अभियन्ता सूरज थापाकाे सहयोगमा वार्ड नम्बर एक अनि वार्ड नम्बर 6 मा गरिने छठ पूजा घाटमा बिजुली बत्तीकाे जडान गरियो। यसको निम्ति छट पूजा कमिटीले यसरी बिजुली बत्तीकाे जडान गर्ने सुव्यवस्था गरेर सहयोग गरिदिएकोमा, छठ पूजा कमिटी लगायत सम्पूर्ण गाउँवासीले बत्ती जडान गर्नकाे निम्ति पहल गरिदिने भागोप्रमो खरसाङ टाउन कमिटीका सदस्यगण संयोजक समीर दीप ब्लोनले पहललाई अघि बड़ाई दिएकोमा तथा सहयोग गरीदिएकोमा सभासद श्याम शेर्पा, एमओडी मनोनित सभासद प्रणाम रसाईली, केन्द्रीय समिति सदस्य तथा टाउन कमिटी संयोजक समीर दीप ब्लोन,विद्युत् विभाग कार्यकारी अभियन्ता सुरज थापा बत्ती लगाइदिने सलीम अनि उनका कर्मचारीहरुलाई लगायत सुरक्षालाई ध्यानमा राखी पुलिस प्रशासनका अधिकारीहरुलाई छठ पूजा कमिटीकाे तर्फवाटआउँदो वर्ष पनि यसरी नै सहयोगकाे अपेक्षा राख्दै धेरै धेरै धन्यवाद दिएका छन् भनी छठ पूजा कमिटी सदस्य संजय राउतले जानकारी दिएका छन्।

त्यसरी नै तीनधारे क्षेत्रमा पनि अन्य स्थानहरूमा जस्तै छठ पूजाको अायोजना गरिएको छ। तीनधारे क्षेत्रका बिहारी समुदायले आज बिहान छठ पूजाको अवसरमा तीनधारेको होटल गैरीस्थित धारामा पालन गरिएको छ। तीनधारे क्षेत्रमा धेरै लामो समयदेखि बिहारी समुदायले विभिन्न धाराहरूमा छठ पूजाको आयोजना श्रध्दा अनि भक्तिभावपूर्ण रूपमा मनाउँदै आएका छन्। यसै क्रममा यसपाली पनि तीनधारे क्षेत्रका बिहारी समुदायले छठ पूजा आयोजना गरिएको बताइएको छ।









