खरसाङको जे चुन डोल्मा लाखाङमा तीन दिवसीय वार्षिक डोल्मा पूजाको समापन

IMG-20231120-WA0190.jpg

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदान नजिक रहेको जे चुन डोल्मा लाखाङमा तीन दिवसीय वार्षिक डोल्मा पूजाको समापन भएको छ। उक्त डोल्मा पूजा गत १७ नोभेम्बरदेखि शुरु भएर १९ नोभेम्बरको दिन समापन भएको छ। ज्ञात रहोस् खरसाङमा ग्रिनतारा डोल्माको केवल एउटै मात्रै भएको उक्त लाखाङमा ग्रिन तारा र डोल्मा अनि डोल्माको ताराहरूको पूजा अर्चना गरियो। लाखाङको प्रमुख लामाला पाल्देन र सोनादाबाट आएका कुसेला लामालाहरूद्वारा गरिएको उक्त तीन दिवसीय पूजाको अन्तिम दिन लामा प्रमुख पाल्देन लामाले ग्रिन तारा डोल्माको महत्वबारे बताएका थिए। उक्त प्रवचनपछि सम्पूर्ण भक्तजन र आनिलाहरूलाई वाङ वितरण गरियो। उक्तपूजा विश्व शान्ति समृध्दि र सुखको लागि गरियो भने विशेष गरी प्राकृतिक प्रकोपमा पररे ज्यान गुमाउनेहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै माहने मोहलम गरियो। यस डोल्मा पूजामा सहयोग गरी सफलतापूर्वक सम्पन्न गरेकोमा सबै सहयोगीहरू र झिन्दाहरूप्रति लामाला प्रमुख पाल्देनजी र आनीहरूबाट थुजुचे धन्यवाद ज्ञापन गरियो भने भविष्यमा पनि सहयोगको आशा गरिएको छ भनी जे चुन डोल्मा लाखाङको सचिव आनी रिंकी पाख्रीन लामाले जानकारी गराएकी छन्।

उल्लेखनीय छ खरसाङमा जे चुन डोल्मा लाखाङ लामाला प्रमुख कुसेलाहरू र आनीहरूद्वारा सञ्चालन भईरहेको छ। उक्त जे चुन डोल्मा लाखाङ विगत चार वर्षदेखि भाँडाको घरमा सञ्चालित भईरहेको छ र सबैले सहयोग पनि गरिरहेका छन्। तर पनि यहाँ धेरै कुराको असुविधा भईरहेको कारणले यहाँ गुम्बा निर्माण गर्न सकिए राम्रो हुने पनि बताइएको छ।

About Author

Advertisement