खरसाङको टुंगमा आगलागीमा परेर एक घर जलेर स्वाहा

IMG-20231120-WA0188.jpg

खरसाङ: खरसाङको टुंगमा एक घर जलेर स्वाहा भएको छ। सोमबार साँझ खरसाङ महकुमा अन्तर्गत टुंगमा आगोले एक जलेर स्वाहा भएको छ। उक्त आगलागीको घटनामा परेर टुंग निवासी अमर राईको घर पूर्ण रूपमा स्वाहा भएको जानकारी प्राप्त भएको छ। आगलागीको घटनामा परेर अमर राई र परिवारको केही पनि सर सामानहरू निकाल्न नपाएको बताइएको छ। शरीरमा लगाएको लुगाबाहेक घरको केही पनि सर सामानहरू निकाल्न नपाएको र सबै आगोमा जलेर स्वाहा भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement