कोलकाताः पश्चिम बंगाल नजिक भारत बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) टीमले ५८ लाख ३६ हजार ३५० रूपियाँ मूल्यको गोल्ड जेल (लिक्विड गोल्ड) को साथ एक तस्करलाई पक्राउ गरेको छ। बीएसएफको तर्फबाट सोमवार जारी बयान अनुसार, छठ पूजाको रातमा उत्तर २४ परगना जिल्लाको आउट पोस्ट पेट्रापोलमा गैरकानूनी तरीकाले सुन तस्करीको सूचना पाइएको थियो। यसपछि बांग्लादेशको राजधानी ढाकादेखि भारत आइऱहेको बसमा संदिग्ध व्यक्तिलाई रोकेर तलाशी लिइयो तब व्यक्तिको अण्डरवेयरबाट प्याकेट जफत गरियो। त्यसलाई खोलेर हेर्दा लिक्विड गोल्ड पाइयो। जसको ओजन ९४९ ग्राम छ र अनुमानित दर लगभग ५८ लाख ३६ हजार ३५० रूपियाँ छ। व्यक्तिलाई तुरन्तै पक्राउ गरियो। उसको नाम शाकिर पम्बाथुवप्पिल सुलेसमान बताइएको छ। मेटल डिटेक्टरमा अण्डरवेयरमा बीपको आवाज आएपछि गहन तलाशी लिइयो जसमा गोल्ड जेल जफत गरयो।
३६ वर्षीय तस्कर मूल रूपमा केरलाको त्रिशूर जिल्लाका बासिन्दा हो। उसले खुलासा गऱ्यो कि व्यक्ति दुबईदेखि भारत बांग्लादेशको राजधानी ढाकाबाट आइरहेको थियो। दुबई एयरपोर्टमै त्रिशूर निवासी एक व्यक्ति आबिदले उसलाई गोल्ड दिएको थियो। दुवै साथी-साथी हुन् र तस्करीको निम्ति उसलाई २० हजार रूपियाँ दिने पेशकश गरिएको थियो। व्यक्ति फ्लाइटमा ढाका एय़रपोर्टमा उत्रियो र बसमार्फत पेट्रापोलको बाटो भारत सीमामा पसिरहेको थियो तब बीएसएफले उसलाई समायो। उसलाई सुनको साथ कस्टम विभाग पेट्रापोललाई सुम्पिएको छ। अघिको कानूनी कारबाही शुरू गरिएको छ।
-हिस











