स्कूलमा गुटबाजीको कारण बन्द छ मिड डे मील

IMG-20230410-WA0169-11-300x172-5

हुगलीः हुगली जिल्लामा आरामबाग महकुमा अन्तर्गत सालेपु सन्तोष साधारण विद्यापीठमा गुटबाजीको कारण यहाँ पढ्ने विद्यार्थीहरूले मिड डे मील पाइरहेका छैनन्। स्कूलमा मध्याह्न भोजन बन्द भएकोले अभिभावकहरूदेखि लिएर क्षेत्रका आम जनमा आक्रोश छ। स्कूलमा प्रायः मिड डे मील बन्द रहने गरेको आरोप छ।

वस्तुतः विद्यालय प्रधानाध्यापक एवं प्रबन्धन समितिबीच चलिरहेको गुटबाजीको परिणाम स्कूलका नानीहरूलाई भोग्न परिरहेछ। विद्यालयको एक सूत्र अनुसार, विद्यालयका एक सहायक शिक्षकको छुट्टीसित सम्बन्धित एक जटिल मामिला अहिलेसम्म समाधान भएको छैन। यस समस्याको समाधानको निम्ति स्कूलका प्रधानाचार्यले कुनैपनि पहल गरेनन्।

स्कूलमा मिड डे मील बन्द भएको सम्बन्धमा सहायक शिक्षक शिवक शंकर दासले भने, स्कूलमा मिड डे मील बन्द छ। प्रधानाचार्यको साथ प्रबन्धनको के समस्या छ, मलाई थाहा छैन। तर मिड डे मील बन्द भएकोले विद्यार्थीहरूलाई अत्यधिक समस्या भइरहेछ। यद्यपि, आरामबाग पञ्चायत समिति शिक्षा कर्माध्यक्षले भने, मैले स्कूलको घटनाबारे शिकायत सुनेको छु। विद्यार्थीहरूको मिड डे मील कुनैपनि प्रकारले बन्द गर्न मिल्दैन। यस मामिलामा कड़ा कारबाही गरिनेछ।

-हिस

About Author

Advertisement