मिस युनिभर्स नेपाल दीपिकाले भेटिन् एल-साल्भाडोरका राष्ट्रपतिलाई

Screenshot_20231120_181301_Dailyhunt.jpg

काठमाडौं: मिस युनिभर्सको फिनालेलगत्तै मिस युनिभर्स नेपाल जेन दीपिका गारेटले एल-साल्भाडोरका राष्ट्रपति नायब बुकेलेसँग भेट गरेकी छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटपछि दीपिकाले इन्स्टाग्रामबाट तस्वीर सेयर गरेकी छन्। मिस युनिभर्समा सहभागी हुने पहिलो ‘प्लस साइज’ मोडलको रुपमा अन्तर्राष्ट्रिय चर्चा पाइरहेको पृष्ठभूमिमा दीपिका र राष्ट्रपति बुकेलेबीच भेट भएको हो। भेटप्रति खुसी व्यक्त गर्दै दीपिकाले आफूले सम्मान महसुस गरिरहेको बताएकी छन्। उनी लेख्छिन्, ‘यो मुलुकमा उपस्थित हुन पाउँदा र राष्ट्रपति महोदयलाई भेट्न पाउँदा सम्मानित महसुस गरिरहेकी छु। साथै, सुन्दर, दयालु र उदार मनका एल-साल्भाडोरका मानिससँग भेट्दा पनि खुसी छु। म यो समृद्ध मुलुक र यसले दर्शाएको प्रेमप्रति कृतज्ञ छु। अर्को भेटसम्म मेरो हृदय तपाईंहरुसँगै छ।’ यस वर्षको मिस युनिभर्सको आयोजना एल-साल्भाडोरले गरेको हो। प्रतिस्पर्धाको उद्घाटन गर्दै राष्ट्रपति बुकेलेले मिस युनिभर्सको आयोजना आफ्नो मुलुकका लागि पुनर्जन्म भएको बताएका थिए। नेपाली समयानुसार आइतबार बिहान भएको प्रतिस्पर्धामा नेपाल अन्तिम २० मा समेटिएको थियो। प्रतिस्पर्धाको प्रारम्भिक चरणबाटै नेपालकी प्रतिस्पर्धी दीपिकाको चर्चा भइरहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *