गारोपाड़ामा चाइल्ड राइट्स सप्ताह पालन

417822af-c940-48cb-b33a-4963ced95367

कालचिनीः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजना अनि गारोपाड़ा ग्राम पञ्चायतको सहयोगितामा सोमबार कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत स्थित सीआरडीसीमा शिशु सुरक्षा सप्ताह कार्यक्रम सम्पन्न भयो। यस अवसरमा सिनिका अलिपुरद्वार जिल्ला संयोजक योगेश लामा, सिनि स्वयंसेवीका भावना लामा लगायत आईसीडीएस कर्मी, महिला स्वास्थ्य कर्मी एवम् स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्कूले छात्राहरूलाई समेटेर बाल तस्करी र असुरक्षित प्रवासबारे सचेतना साथै सीआरएसडीसीका बच्चाहरूले नाटक प्रदर्शन गरेको थियो।


मूलतः गत १४ नोभेम्बरको दिन बाल दिवसलाई राष्ट्रिय शिशु सुरक्षा सप्ताहको रुपमा पालन गर्दै आइरहेको र आज अन्तिम सप्ताहको रुपमा कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतको सीआरएसडीसीमा शिशु सुरक्षा सप्ताह पालन गरिएको सिनि अलिपुरद्वार जिल्ला संयोजक योगेश लामाले जनाएका छन्।

About Author

Advertisement