२० जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको म्याचमा गोर्खा बोइज (खरसाङ)-ले सोनादाको मुनाल एफसीलाई ५-२-ले पराजित गऱ्यो। गोर्खा बोइजबाट गणेश लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे। विजेता टीमका राज राउतलाई प्लेयर अव् द म्याच चयन गरियो। फाइनल २७ जुलाईमा खेलिनेछ।