इण्डिपेण्डेन्स कपः मन्सराजोत मेचेबस्ती र विंगर ब्रदर्सको जीत

IMG_20220720_190040.jpg

२० जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा मन्सराजोत मेचेबस्तीले अनमोल बोइजलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्दीपले ह्याट्रिक गरे। अनमोल बोइजबाट विश्वास राईले १ गोल गरे। दोस्रो म्याचमा विंगर ब्रदर्सले नक्सल एफसीलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अमन राई, सादिस राई, अभियान थापा र रुस्तम प्रधानले १-१ गोल गरे। भोलि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच सिमाना एफसी र मारानाथा एफसीबीच खेलिनेछ। दोस्रो म्याचमा अल स्टार बाघडोग्रा र सिंगबुली टी स्टेटबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगज पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

Advertisement