अहमदाबाद: विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको छ। आज १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको उपाधि खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हात पारेको हो। अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन बनेको छ। योसँगै भारतको तेस्रो पटक उपाधि जित्ने सपना चकनाचुर भयो। प्रतियोगितामा लगातार १० खेल जितेको थियो तर ११औं खेलमा टोली पछि परेको थियो। अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन्। भारतीय टोली ५० ओभरमा २४० रनमा सिमित भयो।

अष्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर २४१ रन बनाएर खेल जित्यो। अष्ट्रेलिया टोलीका लागि ट्राभिस हेडले १ सय ४१ रनको खेल विजयी इनिङ खेले। मारांश लाबुस्चेनले अविजित ५८ रन बनाए। मिचेल मार्स १५ रन बनाएर, डेभिड वार्नर ७ रन बनाएर स्टिभ स्मिथ ४ रन बनाएर आउट भए। ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए। अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन बनेको छ। योसँगै भारतको तेस्रो पटक उपाधि जित्ने सपना चकनाचुर भयो। प्रतियोगितामा लगातार १० खेल जितेको थियो तर ११औं खेलमा टोली पछि परेको थियो। भारत दोस्रो पटक फाइनलमा अस्ट्रेलियासँग पराजित भएको छ। पछिल्लो पटक रिकी पोन्टिङको कप्तानीमा रहेको टोली सन् २००३ मा पराजित भएको थियो।

यसअघि भारतका लागि केएल राहुलले सर्वाधिक ६६ र विराट कोहलीले ५४ रन बनाए। कप्तान रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १८ रन बनाए। कुलदीप यादवले १० रनको योगदान दिए। यी पाँच खेलाडीबाहेक कसैले दोहोरो अंक छुन सकेनन्। रविन्द्र जडेजा ९, मोहम्मद शामी ६, श्रेयस अय्यर र शुभमन गिल ४–४ रन बनाएर आउट भए। जसप्रित बुमराहले एक रन मात्र बनाउन सके। मोहम्मद सिराजले ९ रन बनाएर अविजित रहे। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। प्याट कमिन्स र जोस हेजलउडले दुई–दुई सफलता हात पारे। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए। भारतका लागि यो खेलमा विराट कोहली र केएल राहुलले चौथो विकेटका लागि ६७ रनको सबैभन्दा ठूलो साझेदारी गरेका थिए। रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि ४६ रन जोडे। रोहित, कोहली र राहुलले राम्रो शुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन्। श्रेयस अय्यर, शुभमन गिल, सूर्यकुमार ठूलो समयमा असफल भए। भारत यस विश्वकपमा पहिलो पटक अल आउट भएको र खेल पनि हारेको छ।
अर्कोतर्फ भारतको जितको आशा लिएर अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पुगेका १४० करोड भारतीयहरूको मन टुटेको छ। भारतीय क्रिकेट फ्यानहरुको आँखामा आँसु छाएको छ। यसैबीच, प्रधानमन्त्री मोदीले भारतीय टोलीलाई सान्त्वना दिँदै अष्ट्रेलियाको जितको लागि बधाई दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो पोस्टमा लेखेका छन्, ‘प्रिय टीम इण्डिया, विश्वकपमा तपाईंको प्रतिभा र दृढ संकल्प उल्लेखनीय थियो। तपाईंले ठूलो भावनाका साथ खेल्नु भयो र देशको लागि ठूलो गौरव दिलाउनु भयो। हामी आज साथै सँधै तपाईको साथमा छौंl’











