नवौं ठोइमा नागमो च्योद- बुमछोग

IMG-20231119-WA0199

सिलगढी: दुजोम ठोइमा नागमो फाउण्डेशनद्वारा तीन दिवसिय नवौं ठोइमा नागमो च्योद- बुमछोग आउँदो २४,२५ र २६ नोभेम्बरमा सम्पन्न हुने एक प्रेस विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिमा बताइएअनुसार, ‘च्योदको अर्थ भ्रम काटनु हो। यो विशेष प्रकारका अभ्यासमा आफुमा भएका आशा,ईच्छा,क्रोध, ईर्ष्या र  अज्ञानताका पंच विषहरु जरैबाट काटने अथवा छोडने अभ्यास हो। यो बज्रयानको एउटा शक्तिशाली औ उच्च स्तरको अभ्यासमा आउँदछ।यस साधनाबाट पुण्य सञ्चय गर्नु सक्ने जोक्छेन अभ्यास हो। यो च्योद खाण्डो हिस्से छोग्याल र गुरु रिन्पुछेले लुकाएर राखेको तेर (खजना) हो जसलाई थाकतोङ दुजोम लिङपाले प्राप्त गर्नु भएको अनि वहाँको अवतारी महामहिम दुजोम हिस्से जिग्ड्रल  हिस्से दोर्जे रिम्पोछेले स्वाजानिक   गर्नु भएको हो। यस महान च्योद साधनाको शिक्षा श्रद्धेय दुङसे रिन्पुछेको बाजे गुरु केच्योक लिङपाले सोझै   थाकतोङ दुजोम लिङपाबाट प्राप्त गरे भने बाबा तुलशुक लिङपा र स्वयं आदरनिय दुङसे कुन्जाङ जिग्मी नामग्याल रिन्पुछेले पनि  महामहिम दुजोम जिगड्रल हिस्से  दोर्जे रिन्पोछेबाट प्राप्त गर्नु भएको हो र वँहाहरु उनका शिष्य हुन्। यो ठोईमा नागमो च्योदको अभ्यास  दार्जिलिङ जिल्लामा सार्वजानिक गरि गृहस्तीहरुलाई पनि सिकाउनु हुने प्रथम गुरु पनि हाम्रा अति आदरणिय गुरु दुङसे कुन्जाङ जिग्मि नामग्याल रिन्पोछे* नै हुनु हुन्छ। त्यस पश्चात यो बिस्तारै दार्जीलिङ, कालेबुङ, सिक्किमको विभिन्न ठाँउहरुमा  पनि फिजिन्दै गएर  लोकप्रियता बड्दै गएl’

विज्ञप्तिमा अझ यसरी बताइएको छ, ‘उनै कृपालु गुरुको छत्रछाँयामा दुजोम ठोइमा नागमो फाउण्डेशन, सिलगुडी मैत्री म्हाणिपा बोद्ध संघले यो अभ्यासलाई निरन्तरता दिँदै आएको ९ बर्ष पुरा  भइ सकेको छ।‌यो अभ्यास साधनामा  बाहिरी रुपमा मुख्यत भावना गर्दै मन्त्र जप गरि पूजा अनुष्ठानको गतिविधिहरुको संयोजन गरि विशेष सुर लयमा च्योद ड्रम, घण्टी काङलिङको प्रयोग गरि पद्यहरु गाउनु हो। भित्री रुपमा हेर्नु हो भने मनको भ्रमिक वा द्वय मानसिक दृड बिचारलाई खोलेर ठोस वास्तविकताको रुप बुझ्न  हो अथवा आफूले आफूलाई चिन्न सकिन्छ। यसरी च्योदद्वारा भित्री र बाहिरी दुवै अवरोधहरु काट्न सकिन्छ। गुह्य रुपमा यसको अभ्यास अझै गहिराईमा डुबी शुन्यतामा डुब्न सकिन्छ जो सार्बजानिक गर्न गाह्रो पर्दछ। यसैले ठोइमा नागमोको  यो अभ्यासले द्वतवादी अडानलाई काटने एक अत्यन्तै शक्तिशाली मध्याम हो। दु:खको जरा आफ्नै अन्तर्निहित ज्ञानको  पकृत्तिलाई प्रकट गर्दछ।ठोइमा नागमोको अभ्यास गरेर कम्तिमा पनि १३ जनाले ईन्द्रेणी शरीर प्राप्त गरिसकेका छन्।

साधरणमा भन्नु पर्दा यो च्योद शुद्ध श्रद्धा पुर्बक  निरन्तर अभ्यास गर्नाले हाम्रो क्षणिक खुशी र परम ज्ञान प्रप्तिमा  बाधा पुराउने दुवै बाधाहरुलसई हटाँउछ।असाधारण रुपमा बिमारीहरु निको पार्ने शक्ति प्राप्त गर्न सकिन्छ। यस अभ्यासले विशाल रुपमा छिट्टो पुण्य र ज्ञान संग्रह गर्न सकिनेछ अनि आशिष र लाभ अवश्यै पाइन्छ। श्रद्धेय दुङसे रिन्पुछेज्युले दार्जीलिङ, सिलगढी, खरसाङ, गोरुबथान, पेदोङ र पोख्रेबुङका धेरै विद्यार्थीहरुलाई यस विषय आफ्नो स्वास्थ र समयको बिचार नगरी प्रशिक्षण दिनु भएको हो। फागु गोरुबथानलाई हाम्रो परमपुज्य गुरु महामहिम झड्राल साङ्गे दोर्जे रिन्पछेले *दोर्जे फामोको ने*( बज्रयोगिनीको बासस्थान) भनि चिन्तित गर्नु भएको हो। यसर्थ हाम्रो आदरणिय गुरु दुङसे कुन्जाङ जिग्मि रिन्पोछेको अगुवाईमा यस ठाँउमा अवस्थित दिपंकारा छोर्तेनमा  ठोइमा नागको च्योद ८ वर्ष देखि लगातार गर्दै आइरहेका छौं। यस वर्ष पनि आउँदो २४, २५ र २६ नोभेम्बरमा ९औं ठोइमा नागको बुमछोग हुनेछ। यो अभ्यास आशिर्वादको एक अत्भुत श्रोत हुन्। यस अभ्यासको पुजा अधिष्ठान गर्नाले विश्वमा नै शान्ति,समृधि फेलिएर जान्छ।अनिकाल लाग्दैन,प्रकृतिक प्रकोपकि प्रभाव कम्ति हुन जान्छ, सबैको मनोकामना पुरा हुन्छ,दुश्मनहरुको प्राभाव क्षिण भएर जानेछ, रोगहरु निर्मुल भएर जानेछ, सबैको मनमा करुणा,दया उत्पन्न भएर जान्छ। यस्ता बृहत रुपमा फायदा भएर जानेछ। हजुरहरु  मध्ये धेरैले  पत्यक्ष यस पूजाको फायदा  देखिरहनु भएको छl’

‘यस वर्षको पुजाको रुपरेखा यस्ता छन् २४ नोभेम्बरमा दिउँसो ३ बजेदेखि पाँच दिशाको डाकिनीहरुलाई पुजा अधिष्ठानमा आह्वान गर्दै छाम, माणि म्होलम, लोङछेन ञिङथिकको  च्योद अनि बेलुकी ६ बजी दुन्ग्येत जुङबोयसुर। २५ नोभेम्बर बिहान देखि बेलुकी ७ बजेसम्म ठोईमा नागमो बुमछोग र चार भोजहरु हुनेछ र अन्तिम दिन २६ नोभेम्बरमा बिहान ६.३० देखि रिवो साङच्योद,मोल्हमहरुको पठन औ वाङ बित्तरण गरि यो तीन दिवसीय कार्यक्रम समापन हुनेछ।  यस कार्यक्रमको कन्भेनर सतेन लामा अनि टी बी गुरुङ जोइन्ट कन्भेनर भाष्कर तामाङ र श्रीमती शुशिला तामाङ गुरुङ छन्। कोषाध्यक्ष ट्रेजर्र श्रीमती अनिता भोटिया संयुक्त कोषाध्यक्ष श्रीमती रुपिना राई तामङ छन्। सिलगढीबाट कोअर्डिनेटर श्रीमती गीता भोटिया, जोइन्ट कोअर्डिनेटर श्रीमती राधिका लामा, खरसाङबाट श्रीमती शर्मिला सुब्बा जोइन्ट कोअर्डिनेटर श्रीमती सन्ध्या तामङ, गोरुबथानबाट कोअर्डिनेटर श्रीमती सृजना  तामङ राई ,जोईन्ट कोअर्डिनेटर श्रीमती निशा लामा अनि पेदोङ कालेबुङबाट कोअर्डिनेटर श्रीमती मिनु तामाङ र जोइन्ट कोअर्डिनेटर श्रीमती शोनामित मोक्तान हुनुहुन्छ। यस बाहेक धेरै सह समितिहरु पनि गठन भएको छ। लामागुरुको ईनचार्ज लामा पाल्देन म्हेमे र किलखोर ईन्चार्ज लामा तपेष म्हेमे छन्।   कार्यक्रमको अध्यक्षता दुङसे कुन्जाङ जिग्मि नामग्याल रिन्पुछेले गर्नेछन् भने संचालन समितिका प्रबन्धक बुद्ध छिरीङ तामाङ छन्’, कार्यक्रमकी सल्हाकार श्रीमती स्वप्न जिम्बाले प्रेस विज्ञप्तिमा बताएकी छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement