सालुगढामा अरिबहादुर गुरूङ फाउण्डेशनको सभा सम्पन्न

IMG-20231119-WA0200

सिलगढी: अरिबहादुर गुरूङ को हुन् भनी चिनाउने अभियानमा निस्केको अरिबहादुर गुरूङ फाउण्डेसनले आइतबार सालुगढा गोर्खा कल्याण संगठनको भवनमा स्थानीय विभिन्न संघ संस्थाका  प्रतिनिधिहरूलाई लिएर सभा आयोजना गर्यो। सभालाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष अमित गुरूङले संस्थाको उद्देश्य बारे विस्तृत जानकारी गराए। उनले भने, ‘स्वाधीन भारतको संविधानको अनुमोदित प्रतिलिपिको ७८औं क्रम संख्यामा एकमात्र गोर्खा सपूत ब्यारिस्टर अरिबहादुर गुरूङको हस्ताक्षर रहेको कुराले सम्पूर्ण भारतीय गोर्खा जातिको छात्ती गर्वले चौड़ा हुँदछ। तर यस्ता महान व्यक्तिलाई हाम्रो जाति अनि समाजले अहिलेसम्म चिन्न सकेका छैनन्। उनलाई चिनाउन फाउण्डेलनले भारतभरि एउटा अभियान चलाउनेछl अरिबहादुर गुरूङ फाउण्डेसनले सिटोङमा गुरूङको ५० फिट अग्लो सालिग निर्माणका साथसाथै स्वतन्त्रता संग्रामी एवं अऩ्य क्षेत्रमा देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गोर्खा पूर्वजहरूको सम्मानमा एउटा ऐतिहासिक संग्रहालयको निर्माण गर्ने भएको छl’ यसको निम्ति सिटोङमा जमीन किनेको अरिबहादुर गुरूङ फाउण्डेसनका सचिव कविन्द्र शर्माले सभालाई सम्बोधन गर्दै जानकारी गराए। सालिग निर्माणको निम्ति आर्थिक संग्रह गर्न सालुगढ़ामा एउटा सांस्कृतिक कार्यक्रम गर्ने पनि योजना राखिएको शर्माले अवगत गराएका छन्। यस दिन सभालाई फाउण्डेशनका उपाध्यक्ष भीम कोइराला, डा. शरण रिजाल, अर्जुन मगर, रोनी तामाङ, पी.के घिसिङ आदिले सम्बोधन गरे।      

About Author

Advertisement