गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान रम्फूको आईबीएम मैदानमा एकदिवसीय महायज्ञमा सामेल भए। महायज्ञको आयोजना अखिल सिक्किम पुरोहित पण्डित परिषदले हालैमा आएको बाढीको चपेटमा परेर आफ्नो प्राण गुमाउने मानिसहरूको निम्ति प्रार्थना गर्न गरेको थियो। यस महायज्ञमा सिक्किमभरिबाट पुरोहित र पण्डितहरू सहभागी थिए।
मुख्यमन्त्रीले पुरोहित र पण्डितहरूको संगठनद्वारा आयोजित कार्यक्रमको सराहना गरे। उनले राज्यका संस्कृत शिक्षकहरूको वेतन एड्हक शिक्षकहरूको समान बनाउन सरकारले लिएको निर्णयको बारेमा जानकारी गराए।
यस अवसरमा आहो संस्कृत पाठशालाका प्रधानाध्यापक कृष्णभक्त नेपाल र पण्डित केशव शरण नेपाललाई समाजप्रति उनीहरूका योगदानको निम्ति सम्मानित गरियो।