कोलकाताः महर्षि दधीचि सेवा ट्रस्टको तत्वावधानमा दिवालीको अवसरमा स्नेह मिलनको आयोजना गरियो। सुप्रसिद्ध समाजसेवी बुधमल बेहड़ले सभाको अध्यक्षता गरे भने कोलकाता नगरनिगमका पार्षद विजयकुमार ओझा मुख्य अतिथि थिए एवं रमेश कुमार रतावा मुख्य वक्ता थिए। ट्रस्ट अध्य़क्ष प्रदीप सून्टवालले समाज बन्धुहरूलाई ज्योति पर्वको शुभकामना दिए। पार्षद विजय ओझाले भने, यो पर्व हाम्रो सांस्कृतिक धरोहर हो तथा समय-समयमा यस्ता आयोजनले सामाजिक समरसता र संगठनलाई बलियो बनाउँदछ।
मुख्य वक्ता रमेशकुमार रतावाले भने, परिवर्तनशील परिवेशमा शिक्षाको प्रचार र संस्कारको साथ नयाँ पीढ़ीले हरेक क्षेत्रको निम्ति हर सम्भव प्रयास गर्नुपर्छ। अध्यक्ष बुधमले बेहड़ले उपस्थित मानिसहरूलाई दिवालीको शुभकामना दिँदै उनीहरूको उज्जवल भविष्यको कामना गरे। यस अवसरमा नानीहरूद्वारा नृत्यु प्रस्तुत गरियो। नानीहरूलाई पुरस्कार प्रदान गरियो। मन्त्री नारायण दास आसोपाले लक्ष्मी पूजनको महत्वमाथि प्रकाश पारे। सभाको सञ्चालन प्रख्यात साहित्यकार बंशीधर शर्माले गरे। यस अवसरमा रामायणमाथि आधारित ज्ञान प्रश्नोत्तरीको पनि आयोजना गरियो, जसमा महिलाहरू र नानीहरूले उत्साहको साथ भाग लिए।
-हिस










