राशन वितरण भ्रष्टाचारः मन्त्री ज्योतिप्रिय मल्लिकले आफ्नी सासू र सालोको अकाउन्टको प्रयोग फण्ड ट्रान्सफरको निम्ति गरे

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) ले लगातार नयाँ नयाँ खुलासा गरिरहेछ। यस मामिलामा पक्रा परेका राज्यका पूर्व खाद्य मन्त्री एवं वर्तमान वन मन्त्री ज्योतिप्रिय मल्लिकसित सोधपुछ र जाँचमा उनले राशन वितरणमा भ्रष्टाचारमा प्राप्त राशिलाई ट्रान्सफर गर्न आफ्नो आफन्तहरूको अकाउन्ट प्रयोग गरेको थाहा लागेको छ। यहाँसम्म कि आफ्नी सासू र सालोको अकाउन्टको माध्यमले पनि उनले फण्ड ट्रान्फर गरेका छऩ्।

यसअघि ईडीले मन्त्रीकी पत्नी र छोराको ब्याङ्क खाताहरूपनि यही कामको निम्ति प्रयोग गरिएको जानकारी गराएको थियो। ईडीका एक अधिकारीले भने, केन्द्रिय एजेन्सीहरूले यो पनि पत्तो लगाएका छन् कि फण्ड डायवर्जनको निम्ति आफ्नो ब्याङ्क खाताहरूको प्रयोग गर्न बाहेक मन्त्रीको सासू र सालोलाई १० शेल कोर्पोरेट संस्थानहरूमध्ये तीनमा केही समयका लागि निदेशक बनाइएको थियो। जुन कम्पनीहरूमा मन्त्रीका ससुराली पक्षलाई एक निश्चित अवधिको निम्ति निदेशक बनाइएको थियो, उनीहरू मुख्य रूपमा कोलकाताको व्यवसायी बकीबुर रहमानसित जोड़िएका थिए, जो राशन वितरण मामिलामा ईडीद्वारा पक्रा पर्ने पहिलो व्यक्ति थिए। तीन संदिग्ध कोर्पोरेट संस्थाहरू जहाँ मन्त्रीकी सासू र सालो निदेशक थिए, ती हुन् श्री हनुमान रियलकोन प्राइवेट लिमिटेड, ग्रेसियस इनोवेटिव प्राइवेट लिमिटेड र ग्रेसियस क्रिएशन प्राइवेट लिमिटेड।

ईडी अनुसार, यी तीनै संस्थालाई फण्ड डायवर्जनको एकमात्र उद्देश्यले सीमिय समयको निम्ति बनाइएको थियो। रजिस्ट्रार अफ कम्पनीज (आरओसी) को रेकर्ड अनुसार, श्री हनुमान रियलकोन र अन्य दुई संस्थाहरू बन्द भइसकेका छन्। ईडीको निष्कर्षहरू अनुसार, घोटालाको २३ करोड़ रूपियाँको आय तीन फर्जी कोर्पोरेट संस्थाहरूको माध्यमले डायवर्ट गरिएको थियो।

-हिस

About Author

Advertisement