बंगाल ग्लोबल समिटमा अडानी आउनलाई लिएर संशय

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालमा आगामी हप्ता बंगाल वैश्विक व्यापार शिखर सम्मेलन (बीजीबीएस) को आयोजन हुन गइरहेको छ। बंगालको हल्दियामा मुख्यमन्त्री ममता ब्यानर्जीको महत्वाकांक्षी डीप सी पोर्टको विकासमा ठूलो भूमिका निभाउने अडानी समूहका चेयरपर्सन गौतम अडानी यस शिखर सम्मेलनमा सामेल हुनलाई लिएर संशय कायम छ। सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले घूस लिएर जुन प्रकारले संसदमा उनलाई लिएर प्रश्न सोधिन् औं तृणमूलका अन्य नेताहरूले बिना कुनै कारण अडानी समूहलाई तारो बनाएका छन्, त्यसले गर्दा अन्य धेरै औद्योगिक घरानाहरूले पनि यस सम्मेलनमा भाग लिनलाई लिएर संशय बनेको छ।

यद्यपि, यसमा रिलायन्स इन्डस्ट्रीजका चेयरम्यान एवं प्रबन्ध निदेशक मुकेश अम्बानी सहित आईटीसी, अम्बुजा नेवटिया र हीरानन्दानी समूह जस्ता कम्पनीहरूका शीर्ष उद्योगपतिहरूले भाग लिने सम्भावना छ। राज्य सरकारका एक वरिष्ठ अधिकारीले भऩे, अडानी समूहका चेयरपर्सन गौतम अडानी दुई दिवसीय शिखर सम्मेलनमा भाग लिनेछन् वा छैनन्, यो स्पष्ट छैन। तर समूहका प्रतिनिधि उपस्थित रहनेछन्। यस वर्षको बीजीबीएसमा मुकेश अम्बानी सामेल हुने सम्भावना छ। अन्य उद्योगपति जस्तै संजीव गोयनका, संजीव पुरी, पूर्णेन्दु चटर्जी, हर्षवर्द्धन नेवटिया र सज्जन जिन्दल उपस्थित रहनेछन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सेप्टेम्बरमा निवेश खोज्नका लागि स्पेन र दुबईको आफ्नो यात्रामा धेरै उद्योगपतिहरूसित भेट गरेकी थिइन्। यस वर्ष बीजीबीएसको आयोजन २१ र २२ नोभेम्बरमा हुन गइरहेछ। समापन समारोह शहरको अलीपुर क्षेत्रमा धनधान्य स्टेडियममा आयोजित हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement