खरसाङको अप्पर दुधियामा सार्वजनिक शौचालयको उद्धाटन

IMG-20231119-WA0194.jpg

खरसाङ: खरसाङ खण्डको सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तगर्त अप्पर दुधियामा सार्वजनिक शौचालयको उद्धाटन गरिएको छ।आज आइतबारको दिन दुधियाको बाङ्गे बजारदेखि केही माथि रहेको अप्पर दुधियामा सार्वजनिक शोचालयको उद्धाटन सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जनको बाहुलीबाट सम्पन्न गरिएको छ। स्वच्छ भारत मिशन अन्तगर्त सार्वजनिक स्थान साथै गाउँ-घरलाई स्वच्छ राख्ने उद्देश्यले शौचालयको निर्माण गरिएको सन्त मेरिज तीन ग्राम पञ्चायतका अभियान्ता प्रभात गजमेरले जनाएका छन्।

सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले यस सार्वजनिक शौचालयको निर्माणले बाङ्गे बजारमा सौदापात गर्न आउनेहरूलाई धेरै सुविधा हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement