छठ पर्वमा राज्यबासीलाई राज्यपालको शुभकामना

IMG-20231119-WA0220.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले छठ पूजाको शुभ अवसरमा सिक्किमका जनतालाई शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा उनले आस्थाको महत्वपूर्ण पर्व छठले मानिसलाई शुद्धीकरण र अनुशासन जगाउने माध्यमको रूपमा काम गर्ने कुरामा जोड दिएका छन्। छठ पूजाको समयमा पवित्र हृदयले अस्ताञ्जल र अरुणोदयलाई अर्घ चढाएर भक्ति व्यक्त गर्छन्। यो पर्व सूर्य देवताप्रतिको भक्तिको प्रतीकको रूपमा भएको भन्दै सबैले अत्यन्त श्रद्धा र अनुशासनका साथ मनाउने आह्वान गरे। यस अवसरमा राज्यपालले आफ्नो जरासँगको बलियो सम्बन्धको उदाहरण दिँदै, सिक्किम राष्ट्रको उज्यालो सूर्यको किरण जस्तै उज्यालो होस् भनेर भगवानलाई प्रार्थना गर्ने बताए। देशको उत्तरोत्तर प्रगति, समृद्धि र शान्तिको कामना पनि व्यक्त गरेका छन्।

About Author

Advertisement