राजगञ्ज: माइता गएपछि चारदिनदेखि रहस्यमय ढङ्गमा एउटी गृहिणी निखोज भएकी छन्। निखोज गृहिणी राजगञ्जको पागलाहाट गाउँ निवासी सुमिला सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग चारवर्ष अघि राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको पागलाहाट गाउँ निवासी शिक्षक रञ्जन मोदकसित सुमिला सरकारको बिहे भएको थियो। गत सोमबार काली पुजाको मेला घुम्नको लागि धुपगढी थाना अन्तर्गत दक्षिण काठुलियास्थित माइता घरमा सुमिला लोग्ने रञ्जनसित गएकी थिइन्। यसको भोलिपल्ट रञ्जन घर फर्किआए तापनि सुमिला माइतामै बसिन्। गत बुधबार राति साढे ११ बजी सुमिला घरबाटै निखोज भएको बताइएको छ। यसपछि विभिन्न ठाउँ लगायत आफन्तको घरमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि गत बिहिबार परिवारका सदस्यहरूले धुपगढी थाना निखोज भएकोबारे अभियोग दर्ता गरेका छन्। अर्कोतिर, लोग्ने रञ्जनले विभिन्न ठाउँमा स्वास्नीको खोजी गरिरहेका छन्।











