छात्राहरूलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान

IMG-20231118-WA0213.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत सञ्चालित पीएमएसएचआरआई स्कूलका छात्राहरूलाई लिएर आत्म रक्षा साथै किशोरी कार्यक्रमको हिजो उद्घाटन भयो। डिकलिङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित यस कार्यक्रममा सीईओ एडी छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

यो कार्यक्रम विशेष गरेर पाँचौदेखि बाह्रौं श्रेणीसम्मका किशोरी विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको हो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य किशोरी विद्यार्थीहरूलाई आत्मरक्षाको निम्ति विभिन्न तकनिकी ज्ञान प्रदान गरिनु रहेको थियो। वर्तमान परिपेक्ष्यमा किशोरी छात्राहरूमाथि हुने विभिन्न प्रकारको घटनालाई ध्यानमा राख्दै यसबारेमा जागरूक गराउनको साथै आत्मरक्षाको निम्ति तकनिकी सिकाउनु रहेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि छेत्रीले विद्यार्थीहरूलाई आत्मरक्षाको तकनिकीहरू सिक्नको निम्ति प्रेरित गरे। उनले आफूलाई विभिन्न प्रकारको घटनाबाट जोगाउनको निम्ति राम्रोसँगले यस प्रशिक्षण कार्यक्रममा भाग लिनुपर्ने आग्रह गरे। कार्यक्रममा आत्मरक्षा सम्वन्धिलाई लिएर हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो।

About Author

Advertisement