तीर्थ यात्रामा गएका १८ बुङथिङहरूले गरे हलेसी गुफामा शान्ति, समृद्धिको निम्ति पूजा अर्चना

IMG-20231118-WA0211.jpg

गान्तोक: सिक्किम राज्यबाट तीर्थ यात्रामा नेपालको हलेसी/माराटिका पवित्र गुफामा पुगेका बुङथिङहरूले राज्यका मुख्यमन्त्रीसँगै सिक्किम अनि सिक्किमेली जनसमुदायको स्वास्थ्य, सुख, शान्ति, समृद्धिको निम्ति आज पूजा अर्चना गरेका छन्।

यस टोलीमा राज्यको छवटै जिल्लाबाट मोठ १८ जना बुङथिङ सामेल रहेका छन्।

उनीहरू सबैलाई राज्यका मुख्यमन्त्रीले तीर्थ यात्राको निम्ति प्रायोजन गरेका हुन्। १८ जना बुङथिङ लगायत मोठ ४० सदस्यीय यस तीर्थ यात्री टोलीमा महाविद्यालयका विद्यार्थीहरू पनि सामेल रहेका छन्।

यस टोलीमा गान्तोक नगरनिगमका पार्षदद्वय छुङकिला लेप्चा अनि डिकी ल्हमु लेप्चा, नाम्ची नगर परिषद्का पार्षद निमा छोडेन लेप्चा, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा सामेल रहेका छन्। यस तीर्थ यात्रीहरूले नेपालको काठमाडौं लगायत विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्नेछन्।

About Author

Advertisement