गान्तोक: मुख्य निर्वाचन अधिकारीको कार्यालय र रेड एफएमसँगको संयुक्त प्रयासमा एसभीईईपी पहल अन्तर्गत आज एमजी मार्ग, गान्तोकमा ‘व्हील अफ डेमोक्रेसी’ नामक रोड शो आयोजना गऱ्यो।
गणतन्त्र प्रणालीमा मतदाता शिक्षा र निर्वाचन सहभागिता भारतमा मतदाता शिक्षा, मतदाता सचेतना फैलाउने र मतदाता साक्षरता प्रवर्द्धनका लागि भारतीय निर्वाचन आयोगको प्रमुख कार्यक्रम हो।
यो एक बहु-हस्तक्षेप कार्यक्रम हो, जुन विभिन्न माध्यमहरू र मिडिया मार्फत नागरिक, मतदाता र मतदाताहरूलाई चुनावी प्रक्रियाकोबारेमा शिक्षित गर्नका साथै उनीहरूलाई जागरूकता गराए चुनाउमा सहभागिता बढाउनको पहल हुनेछ। दुई दिने यो कार्यक्रम आज एमजी मार्गमा आयोजना गरियो भने भोलि १९ नोभेम्बरमा रानीपुलमा रेड एफएम ९३.५, फ्ल्यास मोब, लाइभ गायन र दिनभरि अन्य प्रदर्शनहरू समावेश छन्।
रेड एफएम ९३.५ का प्रस्तोता आरजे प्रबल लगायत विभिन्न वक्ताले संक्षेप परिमार्जन र मतदाता नामावलीको अद्यावधिकको महत्वबारे प्रकाश पारे। सम्भावित मतदातालाई निर्वाचनमा आफूलाई मतदाता नामावलीमा नाम दर्ता गराई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरिएको थियो।
सर्वसाधारणका लागि खुला गरिएको आजको कार्यक्रममा जीएमसीका आयुक्त आरबी भण्डारी लगायत चुनाउ आयोगका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। गत जनवरी महिनाको योग्यता मितिको सन्दर्भमा विशेष सारांश संशोधन, १७ अक्टोबर २०२३ देखि शुरु भएको हो भने आगामी ९ दिसम्बरसम्म जारी रहनेछ।
यस अवसरमा मतदाताहरूले आफ्नो नाम दर्ता गराएर मतदान को अधिकारको प्रयोग गर्न सक्नेछन्। १८ वर्ष उमेर पुगेका युवा मतदाताहरूलाई पनि आफ्नो मतदानको अधिकार प्रयोग गर्न र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्न यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो।
यो अवधिमा मृतक मतदाताको नाम हटाउन र मतदाता नामावलीमा रहेका विवरणहरू एक विधानसभा निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा सार्ने गरी परिवर्तन गर्न सकिने समय पनि हो।











