मणिपुरमा भारी मात्रामा हतियार र विस्फोटक बरामद

IMG-20230410-WA0169-11-300x172-3

इम्फाल: मणिपुरमा विभिन्न स्थानहरूबाट भारी मात्रामा हतियार र विस्फोटक बरामद गरिएको छ।

सुरक्षा बलहरूले कांगपोकपी, थौबल, इम्फाल पश्चिम, चुराचांदपुर र इम्फाल पूर्वी जिल्लामा विभिन्न स्थानहरूमा छापा मारेर हतियार जफत गरेको हो। यसावधि इम्फाल पश्चिम जिल्लाको मोइडांगप क्षेत्रबाट एउटा ३०३ राइफल र एउटा पेस्तोल, दुईवटा डेटोनेटरसहित ३६ ग्रेनेड, ५० ७.६२ एमएम पेस्तोल, १०० राउण्ड १२ बोरको कारतूस र चार पम्पी गन विस्फोटक जफत गरेको छ।

यस बिच इम्फाल पश्चिम जिल्लाको साजिराक गाउॅंमा छापा मारेर पुलिसले नौ एमएमको एउटा पेस्तोल, डेटोनेटरसहित ग्रेनेड, एउटा मोर्टार र एउटा लाथोड सेल जफत गरेको छ। पुलिसले चुराचान्दपुर जिल्लाबाट टु पोइन्ट थ्री जीरो थ्री राइफलसहित पॉंच गोली जफत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement