भुॅंइचालोले दक्षिणी फिलीपीन्समा छजनाको मृत्यु

1000421471.jpg

मनीला: दक्षिणी फिलीपीन्समा शुक्रवार आएको भुॅंइचालोमा कम्तिमा छजनाको मृत्यु भएकाे छ भनेे दुईजना बेपत्ता छन्। रिक्टर स्केलमा यसको तीव्रता ६.७ मापिएको छ।

स्थानीय मिडिया रिपोर्टस्मा शनिवार उक्त जानकारी स्थानीय आपदा अधिकारीहरूलाई उद्धृत गर्दै दिएका हुन्।

जर्मन रिसर्च सेन्टर फर् जियोसाइन्सेज अनुसार, शुक्रवार दिउॅंसो भुॅंइचालो मिंडानाओ द्वीपमा ६० किलोमिटरको जमिनमुनि आयो। दक्षिण कोटाबेटो प्रान्तमा तीन, सारंगानी प्रान्तमा भुॅंइचालोको केन्द्र छेउ कम्तिमा दुई जनाको मृत्यु भयो।

बचाउकर्मीहरू भू-स्खलनपछि बेपत्ता बनेका अन्य मानिसहरूको खोजीमा लागेका छन्। दावाओ अक्सिडेन्टल प्रान्तमा एक ७८ वर्षीय व्यक्तिको ढुङ्गाले चेप्टिएर मृत्यु भयो।

About Author

Advertisement