खोरीबारी: खोरीबारीको पानीट्याङ्कीबाट ५० लाख रुपियाँको ब्राउन सुगर सहित दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बुढागञ्जको किलाघाटा निवासी मोहम्मद रहिम (२५) र मोहम्मद आतारूल (२३) सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा पानीट्याङ्की न्यु मार्केटमा संयुक्त अभियान चलाएर सन्देहको आधारमा एउटा बाइकलाई रोकेर छानबीन गर्दा २५४ ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।

यसपछि पक्रा परेका २ जना युवकलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।