कोलकाताः पश्चिम बंगालको दक्षिण २४ परगनामा बिहिवार दिउॅंसै गोली ठोकेर एक व्यक्तिको हत्या गरिएको छ। मृतकको नाम मिथुन सरदार हो। उनको हत्या जिल्लाको डाइमण्ड हार्बरमा उनको ठूलो सालीको ससुरालीको आवास छेउमा गरियो। ठीक ७२ घण्टाअघि तृणमूल कांग्रेस नेता सैफुद्दीन लश्करको सोमवार एउटा सडकमा अज्ञात बदमाशहरूले गोली ठोकेर गरेका थिए। यस घटनापछि मानिसहरूले एक व्यक्तिको कुटेरै हत्या गरेको थियो। लश्करको हत्यापछि हिंसक भीडले १२ घरलाई आगो लगाइदिएको थियो, जुन सबै सीपीआई (एम) कार्यकर्ताहरूको थियो।
मिथुन सरदारको जमिनलाई लिएर सालीकी पति जगन्नाथ मण्डल र उनको सानो भाई अजय मण्डलसॅंग विवाद चलिरहेको थियो। बिहिवार जगन्नाथ मण्डलको अजय मण्डल र उनको छोरा परेश मण्डलसॅंग विवाद हुॅंदा पीडितले हस्तक्षेप गर्ने प्रयास गरे। प्रत्यक्षदर्शीहरू अनुसार, हस्तक्षेपका कारण अजय मण्डल र परेश मण्डल अझ रिसाए। यसपछि, अचानक परेशले बन्दूक निकाले अनि पीडितमाथि गोली चलाए। पीडितको घटनास्थलमै मृत्यु भयो। घटनापछि अजय र परेश भागेका छन्। पुलिसले मामिलाको जॉंच शुरू गरेको छ।
-हिस









