पुलिस ममता सरकारको नियन्त्रणमा

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः महानगर कोलकाताको अमहर्स्ट स्ट्रीट थानामा एक व्यक्तिको कथित रूपमा कुटेरै हत्या गरिनुलाई लिएर भाजपा नेता दिलीप घोषले तीखो बयान दिएका छन्। उनले भऩे, बंगालमा पुलिस सरकारको नियन्त्रणमा छ। उनले यो पनि आरोप लगाए, पुलिसले रूपियाँको असूली गरी त्यसको हिस्सा तृणमूल कांग्रेसको फण्डमा दिन्छ जसले गर्दा उसलाई खुल्ला छूट दिइएको छ।

बिहिवार न्यू टाउनको इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीपले भऩे, बंगालमा पुलिसको काम धेरै विवादित भइरहेछ। माकपा शासनमा पुलिसको प्रयोग गरिन्थ्यो तर ममताको शासनमा त पुलिसले नै सबै कुरा गरिरहेछ। पुलिसले रूपियाँ असूली गरेर तृणमूलको निम्ति सबैकुरा गर्दछ। विपक्षलाई मेटाउनु होस् या कुनैपनि गैरकानूनी गर्नुहोस् तृणमूल कार्यकर्ताको रूपमा पुलिसले नै काम गरिरहेछ। जहाँ मानिसहरूले मब लिन्चिङ गरिरहेका छन्, त्यहाँ पुलिसको अत्तोपत्तो छैन। जहाँ गोली चल्छ, त्यहाँ पुलिस मूक दर्शक बन्छ।

कोलकातामा कसैको मोबाइल चोरी भयो भने पुलिसले केवल सन्देहको आधारमा एक व्यक्तिलाई बोलाएर कुटेरै हत्या गरिरहेछ। उनले सोधे, के पुलिसले मानवता हराएको छ या यसको पछाड़ी कुनै रहस्य छ।

-हिस

About Author

Advertisement