मुम्बई: एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक भारतले न्यूजिल्यान्डलाई ७० रनले पराजित गरेको छ। चार वर्षपछि सेमिफाइनलमा दुवै टोली फेरि आमनेसामने भएका छन्। पछिल्लो पटक २०१९ मा किवी टोलीले करोडौं भारतीयको सपना तोडेर फाइनलमा स्थान बनाएको थियो। यस पटक भारतले न्युजिल्यान्डलाई हराएर अघिल्लो हारको बदला लियो। अब भारतीय टोलीले फाइनल नोभेम्बर १९ मा अहमदाबादमा खेल्नेछ। भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाएर ३९७ रन बनाएको थियो। जवाफमा किवी टोलीले सबै विकेट गुमाएर ३२७ रन मात्रै बनाउन सकेन।
भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गरेको छ। योसँगै टीम इण्डिया चौथो पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३९७ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भई खेल ७० रनले पराजित भयो। भारतका लागि विराट कोहलीले सर्वाधिक ११७ रन बनाए। जहाँ श्रेयस अय्यरले १०५ रनको इनिङ खेले। शुभमन गिलले अविजित ८० रनको योगदान दिए। कप्तान रोहितले ४७ रन र लोकेश राहुलले अविजित ३९ रन बनाए। न्युजिल्याण्डका लागि टिम साउथीले ३ र ट्रेन्ट बोल्टले १ विकेट लिए।
न्यूजिल्याण्डका लागि डेरिल मिचेलले १३४ रन बनाए। कप्तान केन विलियम्सनले ६९ रनको इनिङ खेले। ग्लेन फिलिप्सले ४१ रनको योगदान दिए। दुवै किवी ओपनर कोनवे र रचिन १३ रन बनाएर प्याभिलियन फर्किए। भारतका लागि मोहम्मद शामीले सात विकेट लिए। जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले एक एक विकेट लिए।









